नेपालको नयाँ प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

SHARE:


काठमाडौँ १२ जुलाई २०२४ । एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गरेका छन् ।

कांग्रेस र एमालेका नेताहरुसहित शीतल निवास पुगेर ओलीले शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । ओली कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायत नेतासहित राष्ट्रपति कार्यालय पुगेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई आइतवार प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने र सोही दिन शपथग्रहण हुने शीतलनिवास स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पदमुक्त भएपछि राष्ट्रपतिले आइतबारसम्मको समय दिएर प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!