एफसी केनिङसटनले जित्यो स्विन्डन कप

SHARE:

जय तामाङ
लन्डन १४ जुलाई २०२४ । नेपाली समाज विल्टशायर स्विन्डनले आयोजना गरेको स्विन्डन कप फुटबल प्रतियोगिताको उपाधि एफसी केनिङस्टनले जितेको छ ।

स्विन्डनस्थित न्यु कलेजको खेल मैदानमा यही जुलाई १३ तारिख शनिबार भएको खेलमा ब्रिगेड ब्वोइज क्लबलाई ३–० ले पराजित गर्दै एफसी केनिङसटनले स्विन्डन कप उचालेको हो ।

यस्तै भेट्रानतर्फ फाइनलमा हिमालयन एफसी र नखिपट एफसीबीच प्रतिस्पर्धा भएको थियो । पुरै समय अवधिभरमा पनि दुवै समूहमा बराबरी नतिजा आएपछि पेनाल्टीमा जान परेको थियो । पेनाल्टीमा हिमालयन एफसीले ११ गोल गरेर जित निकालेको थियो । उपविजेता नखिपट एफसीको तर्फबाट १० गोल भएको थियो ।

नेपाली समाज विल्टशायर स्विन्डनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले विजेता एफसी केनिङस्टनलाई १८ सय नगद, मेडल र ट्रफी तथा फस्ट रनरअप ब्रिगेड ब्वोइज क्लबलाई एक हजार नगद र मेडल प्रदान गरे ।

यस्तै भेट्रानतर्फ प्रथम हुने हिमालयन एफसीलाई एक हजार पाउन्ड नगद, मेडल र ट्रफी तथा उपविजेता नखिपट एफसीलाई आठ सय नगद र मेडलद्वारा अध्यक्ष गुरुङले पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा ८ वटा भेट्रान टिम र १७ वटा मुख्य टिम गरी जम्मा २५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । २५ वटै टिमले २०० पाउन्ड प्रवेश शुल्क तिरेर प्रतियोगितामा भाग लिएका थिए ।

फुटबल प्रतियोगितामा स्विन्डनका मेअर ईम्तीयाज शैखको प्रमुख आतिथ्यता तथा साउथ स्विन्डनका संसद् आलेक्जाण्डर हाईडी र नर्थ स्विन्डनका सांसद विल स्टोनको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त खेल मैदानमा विभिन्न किसिमका खानेकुराहरुदेखि लिएर नेपालका अति नै मौलिक किसिमका समानहरुको स्टलहरु पनि राखिएका थिए । नेपालीमुलकाबाहेक केही विदेशी खेलाडीहरु पनि नेपालीहरुसँग मिसिएर खेलेका थिए भने चार जना विदेशी रेफ्रीहरुले खेल खेलाएका थिए । दुई जना स्थानीय ब्रिटिस फस्टएडर तथा सेक्युरिटी गार्डको ब्यबस्था पनि गरिएको थियो ।

सामान्य वादविवाद भए पनि उक्त फुटबल कप प्रतियोगता भव्यताका साथ बेलुका १० बजेसम्ममा सम्पन्न भइसकेको थियो । फुटबल प्रतियोगितालाई विभिन्न संघ संस्था तथा व्यवसायीहरुले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!