एफएनजे युकेको अध्यक्षमा बिमला सेने निर्वाचित

SHARE:

१४ जुलाई २०२४ – बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) युकेको अध्यक्षमा श्री बिमला सेने निर्वाचित भएका छन । अधिवेशन बेलायतको फार्नबोरो स्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न भएको छ।

एफएनजे युकेको छैटौं महाधिवेशनका लागि अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र विमला सेनेले उम्मेदवारी दिएका थिए। निर्वाचन प्रकृयाबाट सम्पन्न अधिवेशनमा बिमला सेनले २३ मत प्राप्त गरेर एफएनजे युकेका पहिलो महिला अध्यक्ष बनेका छन।

निर्वाचन मण्डलका संयोजक संस्थाका निबर्तमान अध्यक्ष नरेश खपांगी मगर थिए भने निर्वाचनका अन्य सदस्यहरुमा प्रजय शुक्ला र पूर्ण गुरुङ थिए।

निर्वाचनको परिवेक्षकमा बरिष्ठ समाजसेवी एकिन्द्र गुरुङ, शिब कल्चर कम्यूनिटिका अध्यक्ष बिक्रम भट्टराई र ग्रेटर रसमर नेपाली कम्युटिका अध्यक्ष मान गुरुङ रहेका थिए।

छैटौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ, र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्विरोध भएका छन्।

कार्यसमितिको सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) सर्वसम्मतद्वारा निर्वाचित भएका छन्।

अधिवेशनको पहिलो चरणको कार्यक्रमका अध्यक्ष तथा एफएनजे युकेका अध्यक्ष ध्रुबराज अर्यालले गरेका थिए भने महिला उपाध्यक्ष प्रमिला राईले स्वागत मन्तब्य मन्तब्य दिएका थिए। कार्यक्रम महासचिब नरेन्द्र बस्नेत र सचिब मंजु भण्डारीले संचालन गरेका थिए।

अधिवेशनमा महासचिब नरेन्द्र बस्नेतले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्बसम्मतबाट पारित भएको छ।

कार्यक्रमको अन्त्यमा निबर्तमान अध्यक्ष ध्रुबराज अर्यालले निर्वाचन मण्डल, परिवेक्षक, नवनिर्वाचित अध्यक्षलगायत कार्यसमिति र उपस्थित सम्पूर्ण पत्रकारहरुलाई हार्दिक बधाई तथा धन्यवाद दिएका थिए । त्यस्तै नवनिर्वाचित अध्यक्ष बिमला सेनले पनि उपस्थित सम्पूर्ण महानुभाबहरुलाई हार्दिक बधाई तथा धन्यवाद दिएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!