देब घले – बेलायत
२२ जुलाई २०२४। फ्रिम्ली कार्निभल २०२४ मा क्याम्बर्ली नेपाली गोर्खा समाज (सिएनजिएस) प्रथम स्थानमा आउन सफल भएको छ। कार्निभलमा १३ वटा बिभिन्न समुहले भाग लिएका थिए। उक्त १३ वटा बिभिन्न समुहलाई पछाडी पार्दै सिएनजिएस प्रथम स्थानमा आउन सफल भएको हो।
फ्रिम्ली कार्निभल गत आइतवार १४ जुलाइको दिन फ्रिम्ली गिरिनमा सम्पन्न भएको थियो। फ्रिम्लीको बाल्मोरल ड्राभबाट शुरु गरिएको पैदल यात्रा फ्रिम्ली गिरिन हुदै फ्रिम्ली वार्फमा आएर समाप्त भएको थियो।
कार्निभलमा संयोजक तथा सिएनजिएसका सल्लाहकार क्याप्टेन देब घलेको नेतृत्वमा नेपालको पहिचान झल्काउने भेषभुषामा सजिएर, बिभिन्न सामाग्रीहरु साथमा लिएर, झाँकीमा भाग लिएका थिए। झाँकीमा सिएनजिएसले नेपालको सांस्कृति झल्किने तमुहरुको शेर्गा नृत्य, झ्याउरे नृत्य, चुट्का (कौराह) नृत्यलगयत बिभिन्न किसिमका नृत्यहरु प्रस्तुत गरिएको थियो भने झन्डै ७५ जना सदस्यहरुले भाग लिएका थिए।
फ्रिम्ली कार्निभलमा प्रमुख अतिथिको लागि सरे हिथका मेयर तथा काउन्सिलर सर्बी काङलाई आमन्त्रण गरिएको थियो भने सिएनजिएसका निबर्तमान अध्यक्ष यम गुरुङ, सल्लाहकारहरु मेजर टेक गुरुङ, क्याप्टेन नर बहादुर गुरुङ एमभिओ, ले. कुसाङ गुरुङ, हरि गुरुङ लिलामान गुरुङलगायत कार्यसमिति सदस्यहरु र आमा समुहको कार्यसमितका सदस्यहरुको उपस्थिति रहेको थियो।







