नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, १५ जनाको मृत्यु, ४ को उद्धार

SHARE:

काठमाडौं २४ जुलाई २०२४ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । १९ जना सौर्य एयरलाइन्सका कर्मचारीहरू मर्मतको लागि पोखरा जान लाग्दा बुधबार बिहान करिब ११ बजे दुर्घटनामा पर्दा १५ जनाको मृत्यु भएको हो ।

४ जनाको उद्धार गरिएकोमा ३ जना टिचिङ र १ जनालाई केएमसी अस्पतालमा उपचार गराइरहेको छ ।

जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको र शवहरू शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइँदै गरिएको प्रहीले जनाएको छ । जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटना भएको हो । दुर्घटनापछि सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरुले आगो निभाउने र उद्धार कार्य गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!