थप अनुसन्धानका लागि रामबहादुर बम्जनलाई सिन्धुपाल्चोक लगियो

SHARE:

काठमाडौं २५ जुलाई २०२४ । तपस्वी भनिने रामबहादुर बम्जनलाई मानव बेचबिखन र व्यक्ति बेपत्ता मुद्दामा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक लगिएको छ ।

सर्लाही जेलबाट बम्जनलाई बुधबार थप अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बम्जन विरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मानव बेचबिखन र व्यक्ति बेपत्ताको दुईवटा मुद्दा रहेकाले सोको अनुसन्धान एवम् बयानका लागि बम्जनलाई सिन्धुपाल्चोक ल्याइएको डिएसपी निराजन भट्टराइले जानकारी दिनुभयो । बयान सकिए लगत्तै बम्जनलाई फिर्ता पठाइनेछ ।

बम्जन २०७१ साल असोज महिनामा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा न ५ बाँडे गाउँमा आएका थिए । हेलिकोप्टर चार्टर गरेर आएका बम्जनले बाँडेगाउँस्थित टोड्के भीरमा २५ जना सहयोगी सहित आश्रम बनाएर बसेका थिए । झण्डै डेढ वर्ष सिन्धुपाल्चोक बसेका बम्जनमाथि सिन्धुपाल्चोक नै बसेका बेलामा ३ जना व्यक्ति बेपत्ता पारिएको आरोप लागेको छ ।

नुवाकोट म्यागङ गााउँपालिका वडा न ३ की २९ वर्षीय चिनीमाया तामाङ, हेटौँडा उपमहानगरपालिका १३ का ५१ बर्षीय सञ्चालन बाइबा र वडा न १६ की ३० वर्षिया फूलमाया रुम्बा बाँडेगाउँस्थित बम्जनको आश्रमबाट बेपत्ता भएका थिए ।

तपस्वी बम्जनलाई असार १७ गते सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय सुनाइसकेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उक्त फैसला गर्नुअघि असार १० गते बम्जन बाल यौन शोषण मुद्दामा दोषी ठहर भएका थिए ।

बम्जनमाथि आफ्नै आश्रमका दुई आनी र तीन बालक बेपत्ता बनाएको, विभिन्न ठाउँमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोप लागेको थियो ।

गत पुस २४ गते काठमाडौँको बूढानीलकण्ठ नजिकै घरबाट पक्राउ परेपछि बम्जनलाई सर्लाही पुर्याइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!