
ज्ञाम गुरुङ – बेलायत
२६ जुलाई २०२४ । ६ गोर्खा राइफल्सको बार्षिक भेटघाटको पुर्ब तयारी गर्नको लागि आज बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा पुर्ब तयारी बैठक सम्पन्न भएको छ।
उक्त बार्षिक भेटघाट १४ सेप्टेम्बर २०२४ का दिन बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी सपोर्ट कलेजमा सम्पन्न हुने भएको छ।
बार्षिक भेटघाट कार्यक्रमको प्रमुख संयोजक मेजर खुशिमान गुरुङ रहेका छन भने उपसंयोजकको भूमिका अमृत गुरुङलाई जिम्मेवारी दिइएको छ। त्यस्तै पेय पदार्थ बिक्रितर्फ श्रीमति अमृत गुरुङ, श्रीमान श्रीमति खुम गुरुङ र श्रीमान श्रीमति जित गुरुङ, टिकट काउन्टरमा ले. रने गुरुङ र दुत पुन, कार्यक्रम संचालन र राफल ड्र ज्ञाम गुरुङ, मिडिया संयोजन मिलन तमु, हल डेकोरेसन गर्नको लागि मिलन तमु, ज्ञाम गुरुङ, मिन गुरुङ, कुमार गुरुङ, साम गुरुङलगायत फार्नबोरो वरपरका ६ गोर्खा राइफल्सका सदस्यहरुले जिम्मेवारी पाएका छन भने मिन गुरुङ, कुमार गुरुङ, साम गुरुङले पेय पदार्थ खरिद गर्नका लागि जिम्मेवारी पाएका छन।
यस बर्षको भेटघाट कार्यक्रममा चर्चित मोडल, डान्सर तथा नायिका लक्ष्मी गुरुङ र लोकप्रिय गायिका सबिना गुरुङले ६ गोर्खा राइफल्सका सदस्यहरु तथा परिवारलाई मनोरंजन दिने भएको छ ।
बार्षिक भेटघाट कार्यक्रमको प्रमुख संयोजक मेजर खुशिमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा उपसंयोजक अमृत गुरुङ, ले. रने गुरुङ, ज्ञाम गुरुङ, मिन गुरुङ, कुमार गुरुङ, श्याम गुरुङको उपस्थिति रहेको थियो।








