एभरेस्ट टाइम्सका सम्पादक पुन र डा तिवारी पत्रकार महासंघ युकेको केन्द्रीय प्रतिनिधिमा सिफारिस

SHARE:

लन्डन २७ जुलाई २०२५ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैटौं कार्यकालका लागि केन्द्रीय प्रतिनिधिमा एभरेस्ट टाइम्स युकेका सम्पादक दुत पुन (चिम्खोले काइँला) र डा शिव तिवारी सिफारिस भएका छन् ।

बिमला सेने नेतृत्वको छैटौं कार्यसमितिको यही २५ जुलाई २०२४ मा भर्चुअल माध्यमबाट बसेको पहिलो बैठकले एभरेस्ट टाइम्सका अध्यक्षसमेत रहेका पुन र तिवारीलाई केन्द्रीय प्रतिनिधिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले सल्लाहकार समितिमा पूर्वअध्यक्ष नरेश खपांगीमगर संस्थापक अध्यक्ष नविन पोखरेल र निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल नियुक्त गरेको छ ।

यस्तै बैठकले शाखाको छैटौं कार्यकालका लागि केन्द्रीय प्रतिनिधिमा डा शिव तिवारी र दुत पुनलाई सिफारिस गर्ने, २२ सेप्टेम्बरमा ब्रिटिस गोर्खाको विभेदसम्बन्धी विभिन्न समूहबीच अन्तरक्रियात्मक पहिलो कार्यक्रम गर्ने लगायत सर्वसम्त ८ वटा निर्णय गरेको पत्रकार महासंघ बेलायतले जनाएको छ ।

अध्यक्ष सेनेको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठक महासचिव खेमराज रानाभाटले सञ्चालन गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष प्रमिला लावुंग राई, उपाध्यक्ष शिव भण्डारी, सचिव मञ्जु भण्डारी खरेल, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, कार्यसमिति सदस्यहरु गोमा राना, मिलन तमु, बाचस्पति रेग्मी, बम थापा सूर्यवंशी र नगेन्द्र नेम्बाङको सहभागिता थियो ।

यस्ता छन् निर्णयहरु
१ सन् २०२४ जुलाई १४ तारिख आइतबारका दिन सम्पन्न नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन सफल रहेको निष्कर्ष बैठकले निकाल्यो । अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु-याउनु हुने नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि केन्द्रीय लेखा समिति संयोजक लेखनाथ न्यौपाने, फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राई, प्रेस युनियन नेपालकी केन्द्रीय उपमहासचिव दिलिपा अधिकारी, पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, प्रेस चौतारी नेपालको प्रतिनिधि पत्रकार देविका घर्ति, छैठौं अधिवेशन निर्वाचन समितिका संयोजक एवं बेलायत शाखाका पुर्व अध्यक्ष नरेश खपांगीमगर एवं सदस्यहरु पूर्ण गुरुङ र प्रणय शुक्ल, शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, कानूनी सल्लाहकार सोलिसिटर उत्तरमान तिगेला एवं निवर्तमान कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्याल एवं सम्पूर्ण पदाधिकारी र सदस्यहरु, अधिवेशनमा सहभागी सम्पूर्ण साधारण सदस्यहरु एवं सबै सहयोगीहरुप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

२ शाखाको सल्लाहकार समितिमा संस्थापक अध्यक्ष नविन पोखरेल, पुर्व अध्यक्ष नरेश खपांगीमगर र निवर्तमान अध्यक्ष ध्रुवराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

३ शाखाको छैठौं कार्यकालका लागि केन्द्रीय प्रतिनिधिमा डा शिव तिवारी र दुत पुनलाई सिफारिस गर्ने निर्णय ग-यो ।

४ यस शाखाको छैठौं कार्यकालको पहिलो कार्यक्रमको रुपमा सेप्टेम्बर २२, २०२४ आईतबारको दिन ब्रिटिस गोर्खाको विभेद सम्बन्धी विभिन्न समूह बीच एउटा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यस कार्यक्रमको संयोजन गर्ने जिम्मा उपाध्यक्षद्धय प्रमिला लाबुंग राई र शिव भण्डारीलाई दिने निर्णय गरेको छ।

५ शाखाको निवर्तमान कार्यसमितिबाट औपचारिक रुपमा कार्यभार हस्तान्तरण र बुझबुझारथको कार्य सम्पन्न गरेको छ । शाखाको बैंक खातालाई वर्तमान अध्यक्ष, महासचिव र कोषाध्यक्ष मध्ये कम्तीमा दुई जनाको हस्ताक्षरबाट चलाउने व्यवस्था अनुसार बैंकसँग समन्वय गर्ने जिम्मेवारी कोषाध्यक्षलाई दिएको छ ।

६ जुलाई १४, २०२४, आईतबारका सुसम्पन्न छैठौ अधिवेशन सम्पन्न पश्चात केहि असन्तुष्ट साथीहरुले शाखाको नाम, लोगो र फेसबुक पेजको अनाधिकृत रुपमा प्रयोग गरि समाजमा अनर्गल प्रचारमा संलग्न भएको प्रति यस शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । यस किसिमको अवैधानिक र अनाधिकृत कार्यमा संलग्न नहुन सम्बधित साथीहरुलाई आग्रह गर्दै आगामी दिनमा यस्ता कार्यमा संलग्न भएको भेटिएमा यस शाखा ती साथीहरुलाई कारवाही गर्न बाध्य हुने जानकारी गराउँदै कुनै असन्तुष्टिका विषयवस्तु भए विधि सम्मत रुपमा यस शाखामा राख्न पनि सम्बन्धित पक्ष समक्ष हार्दिक आग्रह गरेको छ ।

७ त्यसैगरी शाखाको फेसबुक पेज, इमेल, वेभसाईटको डोमिनलाई सुरक्षित र समय अनुकुल अपडेट गराई राख्ने निर्णय गरेको छ ।

८ तमु धीं यूकेले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली मेलामा नेपाल पत्रकार महासंघ बेलायत शाखाको सहभागिताको संयोजन गर्न जिम्मा वरिष्ट उपाध्यक्ष नरेन्द्र बस्नेत र कार्यसमिति सदस्य बम थापा सुर्यबंशी मगरलाई दिने निर्णय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!