
काठमाडौं १ अगस्ट २०२४ । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ ।
कामतको बिहीबार बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कामतको २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्म भएको थियो ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामत आर्थिक समस्याका कारण काठमाडौं उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।






