कांग्रेस नेता शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

SHARE:

काठमाडौं ४ अगस्ट २०२४ । नेपालको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहले आइतबार बिहान नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बनेका हुन् । पहिलाेपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए । उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन् । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!