बेलायतस्थित नेपाली राजदूतावासले जारी गरेको आपतकालीन सूचाना

SHARE:

०६ अगस्त २०२४ – बेलायत । केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन तथा हुलदंगा चलिरहेको हुँदा बेलायतस्थित नेपाली राजदूतावासले एक आपतकालीन सूचाना जारी गरेको छ।

आपतकालीन सूचनामा बेलायतमा रहनुभएका एवं बेलायत भ्रमणमा आउनु भएका सम्पूर्ण नेपाली नागरिकहरुलाई यस्तो हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको छ ।

राजदूतावासले वर्तमान परिस्थितीलाई नजिकबाट नियाली रहेको बताएको छ । यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न अनुरोध गरेको छ ।

साथै, राजदूतावासले बेलायतमा स्थापित बिभिन्न नेपाली संघ संगठनहरुलाई आफ्नो संस्था, समुदायमार्फत नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउनु हुन एवं समन्वय गर्नुहुन समेत अनुरोध गरेको छ ।

आपतकालीन अवस्थामा आइपरेमा राजदूतावासलाई सम्पर्क गर्न तलका ठेगानामा सम्पर्क गर्न भनिएको छ।

Embassy of Nepal
12A Kensington Palace Gardens, London, W8 4QU
Email: info@nepembassy.org.uk, eon@nepembassy.org.uk
Phone: +44 (0) 20 7229 1594, +447404939274

06 August 2024
Embassy of Nepal
London

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!