फोकस्टोन नेपाली कम्युनिटीमा सांसद टोनी भगनको भ्रमण

SHARE:

राम पुनमगर – बेलायत

गत बिहिवार ०८ अगस्त २०२४ का दिन बेलायतका नवनिर्वाचित सांसद टोनी भगनले फोक्सटोन नेपाली कम्युनिटीको भ्रमण गरेका छन। बेलायतको गत निर्वाचनमा लेबर पार्टीको तर्फबाट फोक्सटोन र हेथलाई प्रतिनिधित्व गर्दै उनि सांसद पदमा बिजयी भएका थिए ।

सांसद भगन फोकस्टोन नेपाली कम्युनिटीको निमन्त्रणामा उनका सहयोगी टिम मोर्गनसंग उपस्थित भएका थिए। उनलाई फोक्सटोन नेपाली कम्युनिटीका अध्यक्ष क्याप्टेन राम बहादुर पुन मगरले खडाले स्वागत गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए ।

भ्रमण कार्यक्रममा अध्यक्ष पुन मगरले फोक्सटोन नेपाली कम्युनिटीको बारेमा पावर पोइन्ट प्रिजेन्टेसन गरेपछि उपस्थित सदस्यहरुसंग परिचय गराएका थिए। सांसद भगनले फोक्सटोन नेपाली कम्युनिटीको भवन र कार्यलयको दृष्याव्लोकन गरेका थिए।

फोक्सटोन नेपाली कम्युनिटीको भवन र कार्यलयको दृष्याव्लोकन गरेपछि सांसद भगन फोक्सटोन नेपाली कम्युनिटीका अध्यक्षलगायत सम्पूर्ण सदस्यहरुको कामप्रति कृतज्ञ बनेका थिए भने उनले हार्दिक आभार प्रकट पनि गरेका छन। उनले भविष्यमा फोक्सटोन नेपाली कम्युनिटीसंग सहकार्य गर्ने र सकेसम्म सर्जरीको कार्यक्रम राख्ने पनि संचालनमा ल्याउने वचन दिएका छन।

सांसद भगनको भ्रमणको दौडानमा फोक्सटोन नेपाली कम्युनिटीको भवनको मध्यभागको भित्तामा राखिएको नेसनल लोटरीको नक्शा तथा लोगोलाई सांसद भगन र अध्यक्ष पुन मगरले संयुक्त रुपमा लोकार्पण गरेका थिए। किनकि नेसनल लोटरीद्वारा फोक्सटोन नेपाली कम्युनिटीले गत जुलाई महिनामा बिभिन्न शिर्षकहरुमा खर्च गर्नका लागि २ लाख ३३ हजार ६३६ पाउण्ड फन्ड प्राप्त गरेको थियो।

कार्यक्रमा समाजमा राम्रा काम गरेकालगायत शिक्षा क्षेत्रमा उपलब्धि गरेका सदस्यहरुलाई बधाई र प्रमाणपत्र बितरण गरिएको थियो भने केहि सदस्यहरुलाई बिदाइ पनि गरिएको थियो। त्यस्तै पुर्ब टाउन मेयर ज्याकी मेडलाइ टोकन अफ लभ प्रदान गैएको थियो कारण उनको कार्यकालमा नेपालको मेची नगर र फोक्सटन टाउनलाई मितेरी नगर बनाएका थिए।

कार्यक्रमको अन्त्यमा फोक्सटोन नेपाली कम्युनिटीका अध्यक्ष क्याप्टेन राम बहादुर पुन मगरले सांसद टोनी भगनलगायत उपस्थित सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद दिएका थिए।

उक्त कार्यक्रममा बिभिन्न सघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, जेष्ठ नागरिकहरु, स्थानीय काउन्सिलरहरु, नेसनल लोटरी, रोयल बृटिश लिजन, साफा, केन्ट पुलिस, च्यारिटी संस्थालगायत स्थानीय निकायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

फोक्सटोन नेपाली कम्युनिटीका अध्यक्ष क्याप्टेन राम बहादुर पुन मगरले अध्यक्षता गरेको कार्यक्रमलाई महासचिब महा डा. महा राईले संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!