बेलायतको ऐतिहासिक ‘समरसेट हाउस’ मा भीषण आगलागी,१५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रक

SHARE:


लन्डन १७ अगस्ट २०२४ । बेलायतको ऐतिहासिक सांस्कृतिक केन्द्र (समरसेट हाउस) मा शनिबार भएको भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि करिब १०० अग्निनियन्त्रक परिचालन गरिएको छ ।

“समरसेट हाउसमा भएको आगलागी नियन्त्रणका लागि १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रक पठाइएको छ । उनीहरूले भवनको छतको केही भागमा रहेको आगो नियन्त्रणको प्रयास गरिरहेको लन्डन फायर ब्रिगेडले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीमा उल्लेख छ । मध्य लन्डनबाट लिइएको अन्य फुटेजमा टेम्स नदीको किनारमा करिब १ सय ८० मिटरसम्म फैलिएको उक्त भवनमाथि धुवाँको बाक्लो मुस्लो उठिरहेको देखिएको छ ।

सन् १७९६ मा खोलिएको पुनर्जागरण भवनको आधिकारिक एक्स अकाउन्टमा भनिएको छ, “समरसेट हाउसको एउटा सानो भागमा आगो लागेका कारण उक्त स्थलमा आवतजावत बन्द गरिएको छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!