
१८ अगस्त २०२४ – बेलायत। तमु धिं युकेले यस बर्ष तथा नेपाली मेला २०२४ मा ५ हजार भन्दा बढी दर्शकको उपस्थिति हुने अपेक्षा राखिएको छ।
नेपाली मेला २०२४ को प्रचार प्रसारको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बेलायत र नेपालबाट संचालित संचारगृहका झन्डै ३ दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रमुख संयोजक तथा तमुधी युकेका उपाध्यक्ष परशुराम गुरुङले नेपाली मेलाको सम्पूर्ण कार्यहरु तयारी भईसकेको जानकारी दिएका छन ।
नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लण्डनको किमटोन पार्कमा आइतबार २५ अगस्तमा सम्पन्न हुन गैरहेको छ।
पत्रकार सम्मेलन आज आइतवार १८ अगस्तका दिन बेलायतको मिचेतस्थित तमु धिं युकेको आफ्नै भवनमा दिनको ठिक १ बजे शुरु भएको थियो ।
हरेक बर्ष तमु धिं युकेले नेपाली राजदुतावास बेलायतसंग सहकार्य गर्दै नेपाली मेला आयोजन गर्दै आएको छ। यस बर्षको नेपाली मेला १५ औं नेपाली मेला हो। नेपाली मेला बेलायतवासी नेपालीहरुको बीच तथा देश-बिदेशमा अत्यधिक लोकप्रिय कार्यक्रमको रुपमा परिचित भैसकेको छ।
नेपाली मेला २०२४ आगामी आइतवार २५ अगस्तको दिन बेलायतको किम्टन पार्कमा बिहानको १० बजे देखि शुरुहुने भएको छ। यस बर्षको नेपाली मेला बिगतका बर्षहरुमा भन्दा पृथक हुने तमु धिं युकेका अध्यक्ष हरि गुरुङले बताएका छन।
नेपाली मेलामा बेलायतमा स्थापित विभिन्न समुदाय र जातजातिको आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिरिवाज र पहिचान झल्किने झाँकी र नृत्यहरू प्रस्तुत गरिने छ ।
यस बर्षको नेपाली मेलामा ४२ भन्दा बढी संघ संस्थाहरुले सहभागिता जनाउने प्रतिवद्धता गरेको नेपाली मेला कार्यक्रम संयोजक तथा तमु धिं युकेका उपाध्यक्ष परशुराम गुरुङले जानकारी दिएका छन।
तमु धिं युकेका उपाध्यक्ष तथा १५ औं नेपाली मेलाका संयोजक परशुराम गुरुङले उपस्थित पत्रकारहरुलाई नेपाली मेला-२०२४ सभ्य र भब्य बनाइदिनहुनको लागि बेलायतमा रहेका सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदिबहिनीहरु सपरिवारसहित उपस्थित जनाइदिनहुन अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलनमा तमुधि युकेका मिडिया सेक्रटरी सर्बिन्द्र कुमार (एसके) गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए भने अध्यक्ष हरि गुरुङ र नेपाली मेलाको प्रमुख संयोजक तथा उपाध्यक्ष परशुराम गुरुङले खडा, मायाको चिनो र नेपाली मेलाको प्रबेशपत्र प्रदान गरेर स्वागत गरेका छन।
यस बर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ ४२ भन्दा बढी टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १२ टिमले भाग लिने संयोजक गुरुङले बताएका छन।
नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, जनचेतनालगायत ५० भन्दा बढी बिभिन्न ब्यबसायिक स्टलहरु रहने ब्यबस्था गरिएको स्टल संयोजक तथा उपाध्यक्ष कमल गुरुङले बताएका छन ।
नेपाली मेलामा एम्बसाडोर कप प्रथम स्थानको लागि ११०० पाउण्ड, दोस्रो स्थानको लागि ७०० पाउण्ड, तेस्रो स्थानको लागि ५०० पाउण्ड, प्रमाणपत्र र मेडल राखिएको छ।
झाँकी तर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड, प्रमाणपत्र र मेडल राखिएको छ।
सांस्कृतिक नृत्यतर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड, प्रमाणपत्र र मेडल राखिएको छ।
राफल ड्रका लागि प्रथम पुरुष्कार ३०० पाउण्ड, दोस्रोको लागि २०० पाउण्ड, तेस्रोको लागि १०० पाउण्ड राखिएको छ।
नेपालीमा मेलाको प्रमुख अतिथिमा बिगतका बर्षहरुमा जस्तै बेलायतका लागि नेपाली राजदुत महामहिम तथा कार्यबाहक राजदुत श्री रोशन खनाल रहनुहुने भएको छ भने, बिशेष अतिथिहरुमा नेपालका संबिधान सभाको सभासद तारा राई, एन आर एन आइ सिसीका अध्यक्ष बद्रि केसी, बिभिन्न देशका राजदुतहरुलगायत कुटनीतिक आयोगका पदाधिकारीहरु उपस्थित रहने बताएका छन।
अन्य अतिथिहरुमा नेपाली राजदुतावासका अन्य काउन्सिलरहरु, सैनिक सहचारी अनुप शाह, एनआरएन युकेका अध्यक्षलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने बताएका छन ।
पत्रकारहरुले राखेको जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण नेपाली मेलाका प्रमुख संयोजक तथा उपाध्यक्ष परशुराम गुरुङ र अध्यक्ष हरि गुरुङले गरेका थिए भने सो प्रश्न उत्तर कार्यक्रम मिडिया संयोजक एसके गुरुङले संचालन गरेका थिए।
तमुधी युकेका अध्यक्ष हरि गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा. बिशाल गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए।
कार्यक्रममा तमुधी युकेका संस्थाक अध्यक्ष मिन तमु, पूर्वअध्यक्षहरु हितकाजी गुरुङ (सुर्जे), ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु संरक्षकहरु, सल्लाहकारहरु, काउन्सिलर धन सार्की, कलाकार लक्ष्मी गुरुङ, अन्तराष्ट्रिय प्रशिक्षक ईन्द्र बहादुर गुरुङ, मनोविज्ञान काउन्सिलर राजीश्वरी श्रेष्ठ गुरुङ र आकाशा हिलर रोनाल्ड गुरुङ, तमु धिं युकेका शाखा समितिका अध्यक्षहरुलगायत धेरैको उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेने, संस्थापक अध्यक्ष नविन पोखरेल, पुर्ब अध्यक्षहरु चिरन शर्मा, नरेश खपांगी, निबर्तमान अध्यक्ष ध्रुबराज अर्याल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष बम सूर्यवंशी थापामगर, नेपाल टेलिभिजनका पत्रकार दिलिपाश्री अधिकारीलगयत नेपाल र बेलायतमा स्थापित संचारगृहका पत्रकारहरुको बाख्लो उपस्थिति रहेको थियो।









