१५ औं नेपाली मेला: एम्बासडोर कप पासा पुच गुठी युकेको पोल्टामा

SHARE:

बेलायत २५ अगस्ट २०२४ । तमुधिं युकेको नेपाली मेला २०२४ तथा १५ औं नेपाली मेलाको एम्बासडोर कप पासा पुच गुठीको पोल्टामा परेको छ ।

१५ औं नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लन्डनको किमटोन पार्कमा आइतबार २५ अगस्तमा भब्यताकोसाथ सम्पन्न भएको छ ।

एम्बासडोर कपको उपविजेता किरात याक्थुङ चुम्लुङ्ग युके भएका छन भने तेस्रो स्थान किरात राई यायोक्खा युकेले हात पारेको छ ।

नेपाली मेलामा एम्बसाडोर कप प्रथम स्थानको लागि ११०० पाउन्ड, दोस्रो स्थानको लागि ७०० पाउन्ड, तेस्रो स्थानको लागि ५०० पाउण्ड पुरुस्कार प्रदान गरिएको छ ।

यस बर्ष नेपाली मेलाको झाँकीतर्फ पासा पुच गुठी यूकेले प्रथम स्थान सुरक्षित गरि ५०० पाउण्ड पुरुस्कार प्राप्त गर्न सफल भएको छ । दोस्रो स्थान सुरक्षित गरि किरात याक्थुङ चुम्लुङ्ग युकेले ३०० पाउण्ड पुरुस्कार प्राप्त गर्न सफल भएको छ भने किरात राई यायोक्खा यूकेले तेस्रो स्थान सुरक्षित गर्दै २०० पुरुस्कार प्राप्त गरेको छ।

त्यस्तै नेपाली मेलाको नृत्यतर्फ किरात याक्थुङ चुम्लुङ्ग युकेले प्रथम स्थान सुरक्षित गरि ५०० पाउण्ड पुरुस्कार प्राप्त गरेको छ । दोस्रो स्थान सुरक्षित गरि पासा पुच गुठी यूकेले ३०० पाउण्ड पुरुस्कार प्राप्त गरे भने किरात राई यायोक्खा यूकेले तेस्रो स्थान सुरक्षित गरि २०० पुरुस्कार प्राप्त गर्न सफल भएको छ।

सान्त्वना पुरुस्कार भने शेर्पा समाज यूकेले प्राप्त गरेको छ।

नेपाली मेलामा कलाकारहरु राजन गुरुङ, शिबदास गुरुङ, उषा गुरुङ र आरुसी मगरले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन।

मेलाको अबसरमा मगर संघ युकेका संरक्षक तथा साहित्यकार घन बहादुर थापा, कृष्ण थापा, सगरमाथा आरोही जोर्डन क्षेत्री, बिनोद चिपालु र समाजसेवी शिब कुमार गुरुङ तमु धिं युकेद्वारा सम्मानित भएका छन।

तमुधि युकेका संरक्षक तथा बरिष्ठ साहित्यकार एकिन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकिको निर्णायक मण्डलमा मगर संघ युकेका ट्रष्टी तथा पत्रकार जमुना पुन, समाजसेवी तथा अन्तराष्ट्रिय साहित्य समाज बेलायतका निबर्तमान अध्यक्ष, सुमलकुमार गुरुङ, गीतकार शशि थापा सुब्बा र बरिष्ठ संगीतकार दिनेश सुब्बा थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा कलाकार कबिता घर्तिमगर, लक्ष्मी गुरुङ र अस्मिता रानामगर थिए।

नेपाली मेलाको झाँकी र नृत्य प्रतियोगिता कार्यक्रम उत्घोषक तथा उत्घोषिकाहरु सुर्य गुरुङ, योगेश गुरुङ, लाछुमान गुरुङ,  पुनम गुरुङ र हिलिसा गुरुङले उत्घोषण गरेका थिए।

यस बर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ ४१ टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १८ टिमले भाग लिएका थिए ।

नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, राफल ड्र, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, जनचेतनामुलक स्टलहरुलगायत बिभिन्न ब्यबसायिक स्टलहरु रहेका थिए ।

नेपालीमा मेलाको प्रमुख अतिथिमा बेलायतका लागि कार्यबाहक नेपाली राजदुत रोशन खनाल थिए भने बिशेष अतिथिहरुमा गण्डकी प्रदेशका पुर्ब अर्थमन्त्रि तथा सांसद जित प्रकाश आले, नेपालका संबिधान सभाको सभासद तारा राई, एनआरएन आइसिसीका अध्यक्ष बद्रि केसी, बिभिन्न देशका राजदुतहरुलगायत कुटनीतिक आयोगका पदाधिकारीहरु उपस्थित रहेको थियो ।

अन्य अतिथिहरुमा नेपाली राजदुतावासका अन्य काउन्सिलरहरु, सैनिक सहचारी अनुप शाह, एनआरएन युकेका अध्यक्षलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु थिए ।

तमुधी युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा संचालित कार्यक्रम संस्थाको महासचिब डा. बिशाल गुरुङले संचालन गरेका थिए भने उपाध्यक्ष तथा मेला संयोजक परशुराम गुरुङले स्वागत मन्तब्य दिएका थिए।

नेपाली मेलामा एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ, एनआरएन आइसिसीका अध्यक्ष डा. बद्रि केसी र बेलायतका लागि कार्यबाहक नेपाली राजदुत रोशन खनालले मन्तब्य राखेका थिए।

कार्यक्रममा तमुधी युकेका संथापक अध्यक्ष मिन गुरुङ, पूर्वअध्यक्षहरु सुबास सिङ गुरुङ, रामचन्द्र गुरुङ (सुर्जे), ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङ, आमा समुहका बर्तमान अध्यक्ष सन्ध्या गुरुङ, निबर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु संस्थाका बुद्धिजीवी तथा प्रबुद्धबर्गहरुलगायत दसौं हजारको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!