राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र प्रवक्ता ज्ञानेन्द्र शाही बेलायत आउने

SHARE:

रमेश शाही – बेलायत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन र प्रवक्ता ज्ञानेन्द्र शाही बेलायत आउने भएका छन्। लिङदेन र शाहीलाई प्रवासी नेपाली एकता समाज (पानस) बेलायतले आमन्त्रण गरेको पानसका महासचिब रमेश शाहीले जानकारी दिएका छन् ।

अध्यक्ष लिङदेनको प्रमुख अतिथ्यमा पानस बेलायतले दोहोरो नागरिकताको बारेमा र भुतपुर्ब गोर्खाहरुको समस्याको बारेमा एउटा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। अन्तरक्रिया सो कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही र विदेश बिभाग प्रमुख आनन्द अधिकारी बिशेष अतिथिको रुपमा सहभागी रहने छन्।

उक्त अन्तरक्रिया कार्यक्रम आइतवार २२ सेप्टेम्बर २०२४ का दिन एम्पायर हल, अल्डरसटमा दिनको ठिक ११ बजे शुरुहुने भएको छ। सो अन्तरक्रियामा उपस्थिति तथा सहभागिता जनाइदिनको लागि पानस युकेले बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अपिल गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!