०५ सेप्टेम्बर २०२४ – बेलायत । नेपाल पत्रकार महासंघ (एफएनजे) युके र नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेले संयुक्त रुपमा नेपालबाट बेलायत भ्रमणमा रहेका फोनिज केन्द्रका निबर्तमान अध्यक्ष, एबिसी टेलिभिजनका समादक तथा एभरेष्ट टाइम्स युकेका सम्पादक डण्ड गुरुङ र नेपाल प्रेस युनियनका उपमहासचिब तथा नेपाल टेलिभिजनका पत्रकार दिलिपाश्री अधिकारीलाई बेलायतको हारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा स्वागत, सम्मान र बिदाइ गरेका छन् ।
पत्रकार गुरुङलाई तमु धिं युकेले नेपाली मेला २०२४ मा आमन्त्रण गरेको थियो भने पत्रकार अधिकारी निजी भ्रमणमा बेलायत आएका हुन्।
कार्यक्रममा एफएनजे युकेका अध्यक्ष तथा गोर्खा च्यानलका सम्पादक बिमला सेने र फोनिज युकेका अध्यक्ष तथा लन्डन काठमान्डू डटकमका सम्पादक बम थापा सूर्यवंशी मगरले खादा र उपहारले स्वागत, सम्मान र बिदाइ गरेका छन्।
स्वागत, सम्मान र बिदाइ कार्यक्रममा शिकारी सरदार बंशु गुरुङ स्मृति प्रतिष्ठान युकेका संयोजक तथा निवर्तमान तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङ, एनआरएन युकेका पुर्ब सचिब तथा समाजसेवी डा. मिन रानाभाट, बौद्धिक व्यक्तित्व गणेश इजाम, बिशेष अतिथि पत्रकार दिलिपाश्री अधिकारी र प्रमुख अतिथि डण्ड गुरुङले आ-आफ्नो मन्तब्य राखेका छन्।
मन्तब्यको क्रममा समाजसेवी लेख गुरुङले पत्रकारहरुलाई शिकारी सरदार वंशु गुरुङको प्रचार-प्रसार गरेर राष्ट्रिय बिभुति घोषणा गर्नमा सहयोग गरिदिनको लागि अनुरोध गरेका छन्।
पत्रकार अधिकारीले नेपाल पत्रकार महासंघमा उमेदवारी बन्नको लागि नेपाल फर्कन परेको बताएका छन भने पत्रकार गुरुङले एफएनजे युकेले महिला नेतृत्व पाएकोमा गर्ब गरेका छन् भने केन्द्रमा पनि विगतदेखिनै समाबेसी होस् भन्ने चाहना राख्दै आएको बताएका छन्। पत्रकार गुरुङ र अधिकारीले फोनिज युकेका अध्यक्ष र कार्यसमितिलाई असुन्तुष्ट खेमामा रहेका पत्रकारहरुलाई पनि साथमा लिएर जान सुझाएका छन्।
कार्यक्रमको अन्त्यमा अध्यक्ष सेनेले सम्मानित भएका पत्रकारहरु दण्ड गुरुङ, दिप्लिपाश्री अधिकारी र उपस्थित सम्पूर्ण पत्रकार तथा बुद्धिजीवीलाई धन्यवाद दिदै असुन्तुष्ट खेमामा रहेका पत्रकारहरुलाई पनि साथमा लिएर जान सकिने बताएका छन् ।
एफएनजे युकेका अध्यक्ष बिमला सेनेले अध्यक्षता गरेको कार्यक्रममा फोनिजका अध्यक्ष बम थापा सूर्यवंशी मगरले स्वागत मन्तब्य दिएका थिए भने नेफिनका महासचिब खेमराज रानाभाटले कार्यक्रम संचालन गरेका थिए।
स्वागत, सम्मान र बिदाइ कार्यक्रममा प्रमुख अतिथि डण्ड गुरुङ, बिशेष अतिथि दिलिपाश्री अधिकारी, एफएनजे युकेका संस्थापक अध्यक्ष नविन पोखरेल, नेपाली समाचार डटकमका सम्पादक बिश्वासदिप तिगेला, एभरेष्ट टाईम्सका सम्पादक चिम्खोले काईला, लन्डन नेपाल डटकमका सम्पादक शिब भण्डारी, लगायत साढे एक दर्जन पत्रकारहरु तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।







