इ. मनोज पुन – बेलायत ।
नेपाली इन्जिनियरहरूको समाज (SONEUK) युकेको वार्षिक साधारण सभा सनिवार ७ सेप्टेम्बर २०२४, दिन लण्डनको ब्ल्याकहीथस्थित एभरेष्ट इनमा सम्पन्न भएको छ ।
सन् २००७ मा स्थापना भएको यस नेपाली प्रवासी संगठनले आफ्ना सदस्यहरूको हितका लागि कार्य गर्दै आएको छ। SONEUK निर्वाचन कार्यक्रम २३ अगस्ट २०२४ देखि ७ सेप्टेम्बर २०२४ सम्म सञ्चालन भएको थियो।
७ सेप्टेम्बर २०२४ मा SONEUK ले आफ्नो छैठौं कार्यसमिति (EC) को निर्वाचन गर्यो। इ. सुभोद तिमिल्सिना छैठौं कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
अन्य कार्यकारीहरू, उपाध्यक्ष पदमा डा. रुद्र पौडेल, महासचिवमा इ. मनोज पुन, सचिवमा इ. सङ्गिता पोखरेल, र कोषाध्यक्षमा इ. सुमन चालिसे पनि निर्विरोध निर्वाचित भए। त्यसैगरी, डा. ब्रह्मानन्द सापकोटा, इ. पुकार सिवाकोटी, डा. सूर्यनाथ घिमिरे, इ. सुजन शर्मा, र इ. सुजीत शर्मा पनि कार्यसमितिका सदस्यहरूमा निर्विरोध निर्वाचित भएका छन् ।
उक्त बार्षिक साधारण सभाको अध्यक्षता निवर्तमान अध्यक्ष इ. रुद्र कोइरालाले गर्नुभएको थियो भने सञ्चालन निवर्तमान सचिव इ. सज्ञन खरेलले गरेका थिय ।निबर्तमान हुदै गरेको पाँचौं कार्यसमितिले आफ्नो दुई वर्षे कार्यकालमा सम्पन्न गरिएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्यो, जसलाई AGM ले अनुमोदन गरेको छ ।
AGM ले समाजका विविध गतिविधिहरूमा पनि छलफल गरेको छ । निर्वाचित अध्यक्ष इ. सुबोध तिमिल्सिनाले आगामी यस कार्यकालको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेपछि कार्यक्रम समापन भएको थियो ।






