ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेले अक्टोबर ६ मा गोर्खा भीसी दौड पनि आयोजना गर्ने

SHARE:


लन्डन २६ सेप्टेम्बर २०२४ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले आगामी अक्टोबर ६ मा ५ किमिको गोर्खा भीसी दौड गर्ने भएको छ । यो दौड पहिलो भएको आयोजकको दाबी छ ।

जीआरएनसी युकेले ब्ल्याक वाटर भ्याली रनरसँग सहकार्यमा भीसी रन ५ के आयोजना गर्न लागिएको हो । गोर्खा भीसी दौडका लागि जीआरएनसी यूकेका उपाध्यक्ष डा. विशाल गुरुङलाई संयोजकको जिम्मेवारी तोकिइसकेको छ । जीआरएनसी युकेका अध्यक्ष मन गुरुङले भन्नुभयो, ‘आगामी ६ अक्टोबर २०२४ आइतबार जीआरएनसीले ब्ल्याक वाटर भ्याली रनरसँग मिलेर गोर्खा भीसी रन ५ के गर्ने भएको छ । यो पहिलो पटक हो । स्वास्थ्यलाई ख्याल राखी र नेपाली समुदायमा रन गर्न प्रोत्साहन गर्न दौड कार्यक्रम राखिएका हौं ।

यसैगरी सदाझैँ १० के रसमुर वेलेस्ली र २ के रन पनि गरिने अध्यक्ष गुरुङले बताउनुभयो । दौड प्रतियोगिताबारे विस्तृत जानकारीको लागि https://rushmoor10k.co.uk/ हेर्नु र रजिस्टर गर्न आयोजकले आग्रह गरेको छ ।

प्रतियोगिताअन्तर्गत त्यस दिन १० किलोमिटर पहिले हुने र त्यसपछि ५ र २ किमि दौड आयोजना गरिने अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगिता ६ अक्टोबर २०२४ मा अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुनेछ । मार्सल संयोजक उपाध्यक्षद्वय उत्तरबहादुर गुरुङ र जित मेन्याङ्बोलाई तोकिएको छ । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!