बेलायतमा आइतबार हुने दौडमा बैकुण्ठ मानन्धर र हर्क साम्पाङ पनि सहभागी हुने

SHARE:


लन्डन २४ अक्टोबर २०२४ । नेपाल रन यूकेको आयोजनामा बेलायतमा आइतबार २७ अक्टोबर २०२४ मा हुने दौडमा बैकुण्ठ मानन्धर र हर्क साम्पाङ पनि सहभागी हुने छन् ।

नेपाली समुदायले गर्ने सबैभन्दा प्रख्यात दौड ‘नर्थहोल्ट टेन के रन’को नामबाट हुन लागेको हो । उक्त दौडमा नेपालका तर्फबाट चारपटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर मानन्धर एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि सहभागी हुनेछन् । उनीहरु दुवैजना बेलायत आइसकेका छन् ।

२३ अक्टोबरसम्म नाम दर्ताका लागि दिइएको समयावधिमा ३ सय ३२ जनाले फार्म भरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार नर्थला पार्क, नर्थहोल्टमा आउँदो २७ अक्टोबर आइतबार बिहान १० बजे दौड सुरु हुनेछ ।

सोही दिन ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ गर्ने तयारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!