६ गोर्खा राइफल्स A (Gallipoli) Coy ले भेटघाट गर्ने

SHARE:

तर्क जंग गुरुङ/शान्त कुमार गुरुङ – बेलायत

६ गोर्खा राइफल्स A (Gallipoli) Coy ले भेटघाट सनिवार ३० नोभेम्बर २०२४ का दिन बेलायतको अल्डरसटस्थित De Lounge Restaurant मा पहिलो पटक भेटघाट गर्ने भएको छ।

यस भेटघाटमा ६ गोर्खा राइफल्सको A (Gallipoli) Coy मा कार्यरत सम्पूर्ण भुतपुर्ब सदस्यहरु र उनका परिवारहरुलाई निमन्त्रणा गरिएको छ। भेटघाट कार्यक्रमको मुख्य उद्धेश्य ३० बर्ष अगाडी संगै काम गरेका साथीभाईहरुसंग भेटघाट गर्ने र अतितका कुराहरु गर्ने रहेको छ।

समरण रहोस: ६ गोर्खा राइफल्स सन् १९९४ मा ब्रुनाईमा बिघटन भएको थियो। बिघटन पश्च्यात ६ गोर्खा राइफल्सका केहि सदस्यहरु कटौतीमा परेर पेन्सन गएका थिए भने केहि सदस्यहरु अन्य पल्टनहरुमा सरुवा भएका थिए।

भेटघाट कार्यक्रमको संयोजकमा तर्क जंग गुरुङ, मिन गुरुङ (साइला) र सन्तकुमार गुरुङ रहेका छन। संयोजकहरुले भेटघाट कार्यक्रम 111 – 113 De Lounge Restaurant, Aldershot, GU11 1JE हुने जानाकारी दिएका छन्।

आगामी बर्षहरुमा पनि भेटघाट कार्यक्रम हरेक बर्षको दशैं तिहार पछि तथा क्रिसमसको अगाडी आयोजना गरिने सल्लाह भएको छ। त्यस्तै अन्य कुराहरुको जानकारीका लागि पनि संयोजकहरुलाई खबर गर्न भनेका छन्।

 

 

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!