कालीकोटमा जिप दुर्घटना : कम्तीमा ६ जनाको मृत्यु, १३ जना घाइते

SHARE:

काठमाडौं १० नोभेम्बर २०२४ । कालीकोटको पलाता गाउँपालिका ३ राडूमा आइतबार जिप दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइते प्राय: सबै जना गम्भीर छन् ।

पलाता-५ खिनदेखि थिर्पूतर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको गाडी दिउँसो २:५० मा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मृत्यु हुनेमा पलाता ६ बस्ने दसकला शाही, पदम बम, भगवति रोकाया, गणेश शाही, सोही पालिकाको वडा नं ५ बस्ने छाया शाही र वडा नम्बर ३ बस्ने दमन रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुलाई नेपाल सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको छ । गाडी सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!