गण्डकी प्रदेशसभा सांसद ६३ वर्षीया विमला गौचनको निधन

SHARE:

म्याग्दी १४ नोभेम्बर २०२४ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा गण्डकी प्रदेशसभा सांसद विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले बताए । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन् ।

उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!