नेप्लिज ब्रिटिस कम्युनिटी यूकेले ३० नोभेम्बरमा क्यान्सर रोगसम्बन्धी वेबिनार गर्ने

SHARE:

लन्डन २३ नोभेम्बर २०२४ । नेप्लिज ब्रिटिस कम्युनिटी यूके (एनबीसी यूके) ले यही नोभेम्बर ३० तारिखमा क्यान्सर रोगसम्बन्धी सचेतनामूलक वेबिनार गर्ने भएको छ ।

क्यान्सर लाग्ने विभिन्न कारण, यसका लक्षणहरु, प्रारम्भिक परीक्षण र उपचारको महत्त्व, रोकथामका लागि जीवनशैलीमा ल्याउन सकिने आवश्यक परिवर्तन आदिबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको एनबीसी यूकेले जनाएको छ । कार्यक्रम बिहान १० देखि १२.३० बजेसम्म हुनेछ ।

संस्थाले केही महिनादेखि राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) संगको सहकार्यमा क्यान्सरबारे जनचेतना जगाउने भावना राखी विशेष वेबिनार गर्न लागिएको जनाएको छ । कार्यक्रममा प्रमुख वक्ताहरु डा. प्रज्ञा खनाल (क्लिनिकल अन्कोलोजिष्ट एनएचएस), सुनिता बोहोरा कार्की (हेड अफ नेक क्यान्सर युनिट एनएचएस), रजिष्टर्ड नर्स एवं क्यान्सर रिसर्च यूकेबाट प्रशिक्षित म्याटरनिटी कम्युनिटी म्याट्रोन सृजना कोइराला तथा केयर होम सञ्चालक एवं क्यान्सर रिसर्च यूकेबाट तालिमप्राप्त हेल्थ केयर विज्ञ प्रभु न्यौपाने रहनेछन् ।

कार्यक्रममा स्वास्थ्य विशेषज्ञहरूसँग अन्तरक्रिया साथै क्यान्सर रोग जितेका दुई व्यक्तिका अनुभव र क्यान्सरविरुद्ध उनीहरुले भोग्नु परेको संघर्षबारे प्रेरणादायी प्रस्तुति हुने एनबीसी यूकेले जनाएको छ । आयोजकले कार्यक्रममा सहभागी भएर लाभ लिनसमेत अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!