मगर संघ युके केन्ट शाखाको ९ औं अधिवेशन तथा बार्षिक भेला सम्पन्न ।

SHARE:

 

तुल्सीराज राना मगर – केन्ट

रिटाएर्ड मेजर प्रेम बहादुर आले एमभिओको नेतृत्वमा मगर संघ युके केन्ट शाखाको नयाँ कार्यसमिती चयन् भएको छ । २३ नोभेम्बर २०२४ शनिबारको दिन फोक्सटोन नेपाली कम्युनिटी सेन्टरमा भएको ९ औं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमितीको चयन गरेको हो ।

केन्ट शाखाका अध्यक्ष कार्यसमितीको रिटायर्ड मेजर प्रेम बहादुर आले एमभिओको नेतृत्वमा उपाध्यक्ष – रिम बहादुर काउचा , सचिव – बिनम राना , सह-सचिव – भिम पुन , कोषाध्यक्ष – दिपक बुढा मगर , सह-कोषाध्यक्ष – जस बहादुर थापा, सास्कृतिक सचिव – मोहन थापा, सहसांस्कृतिक सचिब अस्मिता पुन र मिडिया, पेय पदार्थ , खानपान , सम्पती, खेलकुद, कर्मकाण्डलगायत बिभिन्न बिधाका सचिवहरु निर्विरोध निर्वाचित भएका छन । केन्ट शाखा भित्रका बिभिन्न स्थानहरु : मेडिस्टोन, चाथाम मिडवे , फोक्स्टोन, केन्टुबरी, आश्फोर्ड , डोभर , इभिक्टा ब्यारेक र टु आर जी आरका प्रतिनिधीहरु पनी चयन् गरिएका छन् ।

खुल्लासत्रको अध्यक्ष रिटायर्ड क्याप्टेन नानीबाबु मगरको अध्यक्षतामा बसेको कार्यक्रमलाई सचिव धन बाहादुर बुढाले संचालन गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रिम काउचाले प्रस्तुत गरेका थिए । अध्यक्ष रिटाएर्ड क्याप्टेन नानीबाबु मगरद्वारा मगर संघ युके केन्ट शाखाले सस्थाको कार्यप्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन साथै कार्यप्रतिवेदनलाई हलमा उपस्थित सम्पुर्णले ताली बजाएर सर्बसम्मत पारित गरिएको थियो ।

त्यस लगतै ८ औं कार्यसमिती अध्यक्ष रिटाएर्ड क्याप्टेन नानीबाबु मगरले बिघटन भएको घोषणा गरेपस्च्यात निर्वाचन आयुक्त दिपक कुमार काउचालाई स्टेज जिम्मा दिएका थिए । निर्वाचन मन्डलका सचिव लाल बहादुर पुन र सदस्य डाक्टर बल थापाले निर्वाचन सम्पन्न गराउनुका साथै नव- निर्वाचित कार्यसमीतीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

उक्त कार्यक्रममा पर्यवेक्षकको रुपमा मगर संघ युके केन्द्रका अध्यक्ष श्रीमती सिता पुन र सहसचिब सरला रोका मगरको उपस्थिति रहेको थियो भने संरक्षक घन थापा, संस्थापक अध्यक्ष मेजर चित्र राना, क्रमश: पुर्बअध्यक्षहरु, टंक आले, उत्तर बहादुर मगर, विजय हितान, क्याप्टेन राम बहादुर पुनलगायत ब्यापारी, बुद्धीजिवी र मगर संघ युके केन्ट शाखाका सदस्यहरु तथा उनका परिवारहरुको बाक्लो उपस्थित रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!