बेलायतमा हराई रहेका नेपाली विद्यार्थी खोजी गरिदिन अभिभावकको आग्रह

SHARE:


लन्डन २४ नोभेम्बर २०२४ । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजबिनमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको छ।

युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा-७ गोठगाउँ घर भएका २४ वर्षीय सचिन भट्टराई गएको एक साता देखि सम्पर्कविहीन छन् ।

गत शनिबार नोभेम्बर १६ तारिख साँझ करिब सवा ८ बजेतिर काम सकेर निस्किएका उनी त्यसयता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ।

सो राती डेरामा नफर्के पछि उनी संगै बस्ने साथी, स्पन्दन वाग्ले, ले आइतबार उनको परिवारलाई र सोमबार प्रहरीलाई खबर गरेका थिए।

गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित छ । उनको खोजीको पहलस्वरुप बेलायत प्रहरीमा पनि रिपोर्ट गरिसकिएको छ ।

यूके ब्रिस्टोलको मार्स्टन रोड बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए ।

उनलाई पित्तथैलीमा पत्थरीको समस्या रहेको तर अन्य कुनै स्वास्थ्य समस्याहरुबारे जानकारी नभएको उनीनिकट स्रोतले जनायो । सचिनको परिवारले उनको खोजीमा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।

“उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर दुइ महिना पहिले मात्रै बेलायत पुगेको छोरा बेपत्ता भएको समाचार सुन्दा हामी छाँगा बाट खसे जस्तो भएका छौं। हाम्रो छोराको वस्तु स्थिति पत्ता लगाई दिन हामी ब्रिटिश प्रहरी, लन्डन स्थित नेपाली दूतावास तथा बेलायत स्थित नेपाली समुदाय एवं संघ संस्थाहरुलाई हार्दिक आग्रह गर्द छौं,” सचिनका पिता शशिकान्त भट्टराईले भने।

लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत बिपिन दवाडीले पनि भट्टराईको वस्तुस्थिति पत्ता लगाउन दूतावासले सक्दो प्रयास गरिरहेको बताए। “बेलायतमा पढ्न आएको विद्यार्थी बेपत्ता हुनु हामी सबैको लागि अत्यन्तै दुखको कुरा हो। हामी ब्रिस्टल प्रहरीसंग सम्पर्कमा छौं र सचिन भट्टराईको बारेमा कुनै पनि जानकारी भए प्रहरी वा दूतावासलाई जानकारी गराई दिनु हुन आग्रह गर्दछौं। ”

ब्रिस्टल प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ।

सचिनबारे कुनै जानकारी भए वा उनलाई भेटे बेलायती प्रहरी वा उनकै कोठामा बस्ने साथीको मोबाइल नम्बर 07570734432 मा खबर गर्न आग्रह गरिएको छ ।

नेपाल सम्पर्क: +977 9816317102 / +977 9842283286

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!