नेपालका प्रधानमन्त्री २ डिसेम्बरदेखि चीन भ्रमणमा जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

SHARE:


काठमाडौँ २८ नोभेम्बर २०२४ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली डिसेम्बर २ (१७ मंसिर २०८१) देखि छिमेकी देश चीन भ्रमणमा जाने भएका छन् ।

३९ सदस्यीय सरकारी भ्रमण टोलीको नेतृत्व गर्दै ओली ४ दिने भ्रमणका लागि चीन जान लागेका हुन् । ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले बिहीबार स्वीकृत गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओली नेतृत्वको चीन भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डाका बारेमा मन्त्रिपरिषद्को अर्को बैठकले टुङ्गो लगाउने उनको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!