रामेछापमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

SHARE:

काठमाडौं २९ नोभेम्बर २०२४ । नेपालको रामेछाप जिल्लामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।

काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना१ज ७१२३ नम्बरको जिप शुक्रबार दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । दुर्घटनामा जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ । मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगङ्गा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् । अन्य एक घाइतेको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!