विश्वव्यापीरुपमा विभिन्न कार्यक्रम गरी लैगिक हिंसा विरुद्ध सचेतना जगाउन लागि प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि अष्ट्रियाले यहि आइतवार डिसेम्बर १, २०२४, नेपाली समय साँझ ५ बजे महिला अधिकारकर्मी र मानवाधिकार कर्मी रुपमा लामो योगदान दिइरहेकाविज्ञ – विषेशज्ञहरुसंग जुम मार्फत – एक सार्थक संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त्त कार्यक्रममा निम्न विज्ञ वक्ताहरु वक्ताहरुको उपस्थिति रहने छ :
१. “राजनैतिक अधिकार र सामाजिक लाभमा लैंगिक असमानता”- मा. डा. लिली थापा, सदस्य, राष्ट्रिय मानव अधिकार आयोग।
२. “लैङ्गिक हिंसा र उत्पीडनको रोकथाममा परिवार, समाज र राज्य”- श्री गौरी प्रधान, मानव अधिकारकर्मी, पूर्व प्रवक्ता, राष्ट्रिय मानव अधिकार आयोग।
३. “वैदेशिक श्रमबजारमा नेपाली श्रमिकहरुमा हुने लैगिंक भेदभाव” – डा. रेणु अधिकारी, महिला अधिकारकर्मी।
४. “शिक्षामा पहुंच – लैगिक समानता वास्तविकता र यथार्थ” – श्री शैलजा अधिकारी, शैक्षिक अभियन्ता तथा युवा व्यवसायी।
उक्त कार्यक्रममा सहभागी भई भव्यरुपमा सफल बनाइ दिनुहुन प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि अष्ट्रियाले विनम्र अनुरोध गर्नुको साथै संचारकर्मीहरुलाई प्रचार प्रसार गरिदिनको लागि अनुरोध गरेको छ।
कार्यक्रममा जोडिनको लागी:
Join Zoom Meeting
https://us02web.zoom.us/j/82861930522?pwd=bZSBedzojmxR1J8wsL3y3aw7daGa7l.1
Meeting ID: 828 6193 0522
Passcode: 2024






