खोटाङमा ब्रिटिस गोर्खा वेलफेयरको २ करोड ८५ लाख लागतको भवन शिलान्यास

SHARE:


काठमाडौं ७ डिसेम्बर २०२४ । खोटाङमा ब्रिटिस गोर्खा वेलफेयरको दुई करोड ८५ लाख रुपैयाँ लागतमा बन्ने भवनको शिलान्यास गरिएको छ ।

साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माविको भवनको शुक्रबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिलान्यास गरेका हुन् । ब्रिटिस गोर्खा वेयलफेयरले सुविधासम्पन्न १२ कोठे भवन १८ महिनाभित्रसम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरिने छ ।

कक्षाकोठा अभाव झेरिरहेको उक्त विद्यालयका लागि सुविधासम्पन्न भवन ब्रिटिस गोर्खा वेलफेयरले उपलब्ध गराएपछि खुसी लागेको अध्यक्ष राईले बताए । ‘ब्रिटिस गोर्खा वेयलफेयरको लामो समयसम्मको सहयोग उल्लेखनीय छ,’ राईले भने, ‘त्यसमा पनि भवन अभाव झेलिरहेको विद्यालयलाई भवन उपलब्ध गराएको छ, यसमा ज्यादै खुसी लागेको छ ।’ उक्त भवन आगामी २०८२ असार १४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

विद्यालयको पूर्वतर्फ रहेको लामो पुरानो विद्यालय भवन र त्यसअघिको दुई कोठे भवन भत्काएर उक्त भवन निर्माण थलिएको प्रधानाध्यापक शितल राईले बताइन् । नयाँ विद्यालय भवनको साथमा पुराना भवनहरू मर्मत, ६ कोठे अपांग तथा महिलामैत्री शौचालयको समेत निर्माण हुने राईले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!