मगर बौद्ध समाज बेलायतको अधिवेशन सम्पन्न

SHARE:

 

घन (राजु) पुन – बेलायत

सनिवार ७ डिसेम्बर २०२४ का दिन मगर बौद्ध समाज belayatko चौथो अधिवेशन जुममार्फत सम्पन्न सम्पन्न भएको छ।

अधिवेशन श्रद्धेय गुरु इन्द्रशक भन्तेज्युद्वारा उपस्थित सम्पूर्ण उपासक तथा उपासिकाहरुलाई पन्चशील ग्रहण गराएर शुरुवात गरिएको थियो ।

अधिवेशनको पहिलो चरणमा संस्थाको प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतद्वारा पारित भएको छ। संस्थाको संगठानिक प्रतिवेदन सचिब घन (राजु) पुनले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन दण्ड थापामगरले प्रस्तुत गरेका थिए। अधिवेशनमा उक्त प्रतिवेदनहरुलगायत अन्य बिषयहरुमा पनि घनिभूत छलफल भएको छ।

अधिवेशनको दोस्रो चरणमा निर्वाचन मण्डलका प्रमुख पूर्ण रानामगर, सचिब सरला रानामगर र सदस्य कृष्ण दर्लामीमगरले रिम गलामीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरु यस प्रकार छनः१. अध्यक्ष – रिम गलामी मगर
२. उपाध्यक्ष – टेक खपांगी मगर
३. उपाध्यक्ष – घन पुन मगर
४. सचिव – निर्मल थापा मगर
५. सहसचिव – दिल दर्लामी मगर
६. कोषाध्यक्ष – दण्ड थापा मगर
७. सहकोषाध्यक्ष – रिक्त
८. मगर संस्कार विभाग प्रमुख- गजबिर थापा मगर
९. सदस्य- बुद्धि गाहा मगर
१०. सदस्य- सुभाश श्रीस मगर
११. सदस्य – रिक्त

एक जना सह-कोषाध्यक्ष र एक जना सदस्यको पद खाली रहेको छ। निर्वाचन मण्डलले खाली पदहरुको पद पूर्तिका लागि नयाँ कार्यसमितिलाई जिम्मा दिएको छ।

मगर बौद्ध समाज युकेका अध्यक्ष टिका दर्लामी ज्युले अध्यक्षता गरेको अधिवेशनमा उपाध्यक्ष टेक खपांगीमगरले स्वागत मन्तब्य राखेका थिए भने सचिव घन पुनमगरले कार्यक्रम संचालन गरेका थिए ।

अधिवेशनमा मगर महिला संघ युकेकी अध्यक्ष आदरणीय श्रीमती विष्णु श्रीस मगर, मगर संघ युकेका संस्थापक अध्यक्ष, नेपाली नागरिकता निरन्तरता युकेका अध्यक्ष तथा सल्लाहकार थर्क राना मगर, मगर संघ युके रेडिङ शाखाका अध्यक्ष सोब रेगामी, मंगल बुद्ध विहार युकेका सचिव जगत आले, मगर बौद्ध समाज बेलायतका संस्थापक अध्यक्ष तथा सल्लाहकार कृष्ण दर्लामी र प्रमुख अतिथि तथा मगर संघ युकेकी अध्यक्ष श्रीमती सिता पुनले शुभकामना मन्तब्य राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!