ले. कर्ण गुरुङलाई मर्सेडिस कार उपहार

SHARE:

 

गत सनिवार समिट तथा क्रिप्टो करेन्सी समुदाय युकेको दोस्रो बैठक बेलायतको अल्डरसटस्थित थकली कुइजनमा सम्पन्न भएको छ।

उक्त बैठकमा जुममार्फत संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल यादबले लेफ्टेनेण्ट (ले.) कर्ण गुरुङलाई कोर अचिभरको पद तथा मर्सेडिस कार उपहार प्रदान गरेका छन। जसको मुल्य बेलायती पाउण्ड झन्डै ७० हजार बराबर हुन जान्छ। समिटका अर्का कोर अफिसर मिलन गुरुङलाई गत मंगलवार कोर अचिभरको पद तथा मर्सेडिस कार उपहार प्रदान गरिसकिएको थियो।

वास्तबमा ले. कर्ण गुरुङले सिइओ यादबलाई जुममार्फत बैठकमा स्वागत गर्ने र मिलन गुरुङलाई बधाई दिने कार्यक्रम थियो। तर सिइओ यादबले ले. कर्ण गुरुङलाई नै आश्चार्य चकित पार्दै उनलाई पनि कोर अचिभरको पद तथा मर्सिडिस कार उपहार प्रदान गरेका थिए ।

मिलन गुरुङको आमा तथा ८४ बर्षिय जेष्ठ नागरिक श्रीमती बिनिमाया गुरुङले क्यान्डल जलाएर बैठक शुरु गरेका थिए भने बैठकमा सबै भन्दा कान्छी उमेरकी रहिमा गुरुङको पनि उपस्थिति रहेको थियो।

बैठकको मुख्य उद्धेश्य समुदायका सदस्यहरुलाई एकै ठाउँमा भेला गर्नु र नयाँ पद पाउने अचिभरहरुलाई प्रमाण पत्र बितरण गर्नु रहेको थियो। सोही बैठकमा रोनी श्रेष्ठ, बेल बुराथोकी र दिलरास गुरुङलाई पर्सनल टेस्तोमनी प्रदान गरिएको थियो भने उक्त बैठकमा समिट रनर, समित फास्टर, समिट आर्मी, समिट अफिसर, म्याङ्गो अफिसर, वरिवर अफिसर, अचिभर र कोर अचिभर जस्ता नयाँ रेंक तथा पद पाउने अचिभरहरुलाई खडा लगाएर, प्रमाण पत्र, चिया पिउने मग तथा टोकन अफ लभ बितरण गरिएको थियो।

उक्त दिन ले. कर्ण गुरुङको धर्मपत्नी श्रीमती प्रेणा गुरुङको जन्म दिन पर्न गएकोले उनलाई सप्राइज दिदै केक काटेर जन्म दिन मनाएका थिए भने सोहि दिन समिटमा सहभागी सदस्यहरुको एउटा ग्रुप फोटो पनि लिइएको थियो।

बैठकमा ले. कर्ण गुरुङले क्रिप्टोकरेन्सी तथा समिट टोकनको बारेमा बृस्तृत जानकारी दिनुभन्दा पहिला “यो मन त नेपाली हो” भन्ने नेपाली गीत बजाएर शुरुआत गरेका थिए। कार्यक्रम महासचिब अशोक राईले संचालन गरेका थिए भने बैठकमा २३ जना बिभिन्न रेंकका अचिभरहरुको उपस्थित रहेको थियो।

बैठकमा रहेका सहभगीहरुले समिट समुदायको लागि अतिनै फलदायी र अविष्मरनीय रहेको बताएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!