लन्डन १० डिसेम्बर २०२४ । मनोक्रान्ति टीम यूकेले यही २२ डिसेम्बरदेखि ५ दिन ज्ञान योग, ध्यान योग आयोजना गर्ने भएको छ ।
गुरु डा. योगी बिकाशानन्दको साथमा ज्ञान योग, ध्यान योग डिसेम्बर २२-२६ सम्म आयोजना गरिएको योग प्रशिक्षक नगेन्द्र नेम्बाङले जानकारी दिए । जुममार्फत हुने कार्यक्रम बेलायतको समयअनुसार बिहान ७ देखि ८ बजेसम्म हुनेछ ।
थप जानकारीका लागि नगेन्द्र नेमबाङ 07830342847 र गोपबहादुर सिङ्जालीमगर 07723371912 मा सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् । जीवनलाई दिव्य एवं भव्य बनाउनका लागि ज्ञान योग र ध्यान योगले सहयोग पुर्याउने भएकोले सहभागी हुने आयोजकले बेलायतसहित संसारमा रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।
डा. विकाशनन्दले हरेक शनिबार पनि बेलायतवासी समुदायलाई प्रवचन दिँदै आएका छन् ।






