एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले वंशजको नेपाली नागरिकता कायम राख्न नेपाल सरकारलाई दवाव सृजना गर्नका लागि विश्वव्यापी इ पिटिसन (अनलाइन हस्ताक्षर) अभियानमा सहयोग गरिदिनु बेलायतवासी नेपलीहरुलाई विशेष अनुरोध गरेका छन् ।
मगरले वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०, उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गर्न अति आवश्यक भएकाले एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता कायम राख्न नेपाल सरकारलाई दवाव सृजना गर्न लागि विश्वव्यापी इ पिटिसन (अनलाइन हस्ताक्षर) शुरु गरेको बताएका छन् ।
उनले संसारमा छरिएर बसेका सबै नेपाली तथा गोर्खालीहरुको हस्ताक्षर गर्न कृपया तपाईं, आफन्तजन र आफू सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई हस्ताक्षर अभियानमा सरिक भइदिनका लागि सहयोग गरिदिनु हुन विशेष अनुरोध गरेका छन् ।
हस्ताक्षरका लागि लिंक:
https://nrnauk.org/petition/






