डा. शेखर कोइरलालाई नेपाली राजदुतावास लन्डनमा भब्य स्वागत

SHARE:

 

बेलायत – नेपाली काग्रेस पार्टीका बरिष्ठ नेता, पुर्ब उपकुलपति तथा माननीय सांसद डा. कोइरलालाई सुक्रवार १० जनवरी २०२५ को दिन नेपाली दुतावास लन्डनमा भब्य स्वागत गरिएको छ।

नेपाली राजदुतावास लण्डनको आमन्त्रणमा बेलायतमा स्थापित दर्जनौं संघ-संस्थाका अध्यक्ष, प्रतिनिधि, बुद्धिजीवी, ब्यबसायी, दूतावासका कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदुत बिपिन दवाडीले डा. कोइरालालाई स्वागत गर्दै उपस्थित सम्पूर्ण संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, ब्यबसायी र पत्रकारहरुलाई उपस्थित भैदिएकोमा धन्यवाद ज्ञापन गरेका छन्।

कार्यवाहक राजदुतले बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुसंग सहकार्य गर्न उत्साहित रहेको बताएका छन्। उनले इ-भिसा सूचना सम्बन्धि जानकारी लिन र नेपाली संघ संस्थाहरुको विवरण अद्यावधिक गर्न नेपाली राजदूतावास लण्डनको वेबसाइटमा भिजिट गर्न अनुरोध गरेका छन्।

स्वागत कार्यक्रममा डा. कोइरालाले दोहोरो नेपाली नागरिक्ताको समस्या सम्बन्धि नेपाल सरकारसंग वार्ता गर्ने र बेलायत सरकारका प्रतिनिधिहरुसंग ब्यापार, जलवायु परवर्तन र भुतपुर्बक गोर्खाहरुको समान पेन्सनको समस्या समाधानको बारेमा कुरा राख्ने बताएका छन्।

डा. कोइराला सोमवार १३ जनवरी २०२५ का दिन बेलायतको हाउस अफ कमनमा सांसद ग्यारेथ थोमस र क्यथिरिन वेस्टसंग भेटवार्ता हुने नेपाली कांग्रेसका केन्द्रिय आर्थिक निती तथा योजना विभागका सदस्य आर के त्रिपाठीले जानकारी दिएका छन्।

डा. कोइरालालाई नेपाली कांग्रेसका नेता आर के त्रिपाठी र गैर आवसीय नेपाली संघ बेलायतका संरक्षक डेबिट गुरुङले हलमा प्रवेश गराएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!