नेपाली जनसम्पर्क समिति वेलायतको ध्यान आकर्षित

SHARE:

 

युवराज गुरुङ – सभापति, नेपाली जनसम्पर्क समिति बेलायत।

विज्ञप्ति

१० जनवरी २०२५ – वेलायत। नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाको बेलायत भ्रमणका क्रममा तय गरिएका कार्यक्रमप्रति नेपाली जनसम्पर्क समिति वेलायतको ध्यान आकर्षित भएको छ।

व्यक्तिगत पहलमा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यको निमन्त्रणामा बेलायत आएका कोइरालाले बेलायतस्थित नेपाली कांग्रेसको सुवेच्छुक संस्था नेपाली जनसम्पर्क समिति वेलायतसँग कुनै समन्वय नगरि, कुनै व्यक्तिको लहटमा लागेर बेलायतका विभिन्न भट्टीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने तर उहाँकै सुझाव र सल्लाहअनुसार ११ जनवरी, शनिवारका दिन लण्डनस्थित फेलथाममा आयोजित कार्यक्रममा सहभागी नहुने निर्णयप्रति  खेद प्रकट गरिन्छ। सो कार्यक्रम गर्नको लागि कोइरालाले नेपालमा रहदा मौखिक रुपमा सहमति दिनुभए पछि मात्र सार्वजनिक गरिएको थियो भने कोइरालालाई जनसम्पर्क समितिले लण्डनस्थित हिथ्रो विमानस्थलमा भेटेरै निमन्त्रणापत्र  हात थमाईएको थियो ।

जननायक विपी कोइरालाको परिकल्पनामा स्थापित नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले गरेको नजरअन्दाजले महामानव विपी कोइरालाको अपमान र अपहेलना भएको समेत ठहर गरिन्छ।

लोकतन्त्रमा सबैभन्दा ठूलो पार्टी पद्धति हुन्छ र पार्टीका लागि कार्यकर्ताहरूको प्राथमिकता पार्टी हुनु पर्छ भन्ने मान्यता राखिएको छ। तर कोइरालाले बेलायत जस्तो लोकतान्त्रिक मुलुकमा आएर आफ्नै पार्टीको शुभचिन्तक संस्थाप्रति गरिएको अपमानजनक व्यवहारको घोर निन्दा गरिन्छ।

यसैबीच, १२ जनवरी, आइतवारका दिन लण्डनस्थित प्लम्बस्टेडको एक रेष्टुरेन्टमा नेपाली जनसम्पर्क समितिको नाममा हुने भेला नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक भेला नभएको जानकारी गराइन्छ। नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक कार्यक्रम छोडेर एउटा गुटले आयोजना गर्न लागेको सो भेलामा नेता कोइराला जान लागेको खबरले हामीलाई थप दुःखी बनाएको छ।

सो कार्यक्रममा कोइराला एकपक्षीय रुपमा सहभागी हुँदा विदेशमा समेत गुटप्रवृत्ती मौलाउँदै जाने र नेपालीहरू बीच गहिरो विभाजनको खाडल बढ्ने सम्भावना देखिन्छ। यसले समाजलाई विभाजनतिर डोर्याउने खतरा पनि पैदा गर्न सक्छ। गुटबाजी र पार्टीको अपमान हुने सम्भावना भएकाले उक्त कार्यक्रमको बहिष्कार गरिनुपर्ने कुरा पनि यहाँको ध्यानाकर्षण गराइन्छ।

यसैबीच, कुनै पनि कानूनी, सामाजिक र संस्थागत हैसित प्राप्त नगरेको कथित  नागरिक समाजले शुक्रवार साँझ साउथह्यारोमा आयोजना गरेको कार्यक्रममा कोइरालाको नाममा ठूलो रुपमा चन्दा संकलन गरिएको भन्ने सुनिएको हुदाँ सो कार्यक्रमको संयोजन गर्ने जनसम्पर्क समितिका पूर्वमहामन्त्री राजकुमार त्रिपाठीमाथि छानविनको दायारामा ल्याउन नेपाली कांग्रेस पार्टी समक्ष अनुरोध गरिन्छ ।

युवराज गुरुङ
सभापति, नेपाली जनसम्पर्क समिति बेलायत
१० जनवरी २०२५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!