मगर संघ युकेको निर्वाचन सम्बन्धि आचारसंहिता र कार्यतालिका प्रकाशित

SHARE:

 

डा. प्रेम आले – प्रमुख निर्वाचन आयुक्त 

७ फेब्रुरी २०२५ – बेलायत । मगर संघ युकेकको निर्वाचन मण्डलले आठौँ काय्समितिको लागि निर्वाचन सम्बन्धि आचारसंहिता र कार्यतालिका यस प्रकारले प्रकाशित गरेको छ।

मगर संघ युकेको “आठौँ कार्यसमिति” निर्वाचनसम्बन्धि आचारसंहिता र कार्यतालिका

मगर संघ युकेको “आठौँ राष्ट्रिय महासभा” (सन् २०२५ अप्रिल ५ मा, एम्पायर हल, अल्डरशटमा हुने) को दोश्रो खण्डमा “आठौँ कार्य समिति” चयन हुने जानकारी यसअघि नै सुचित गरी सकेको स्मरण गराउँदछौं । उक्त कार्य सम्पन्न गर्नको लागि “मगर संघ युकेको बिधान २००२ (संशोधन २०२२)” बमोजिम ५ सदस्यीय निर्वाचन समिति गठन भैसकेको पनि जानकारी गराउँदछौं ।

बिधान अनुसार उम्मेदवारीको लागि योग्यता पुगेका मगर दाजुभाई, दिदीबहिनीहरुलाई निम्न पदको लागि उम्मेदवारी दर्ता गर्न आव्हान गरिन्छ:

अध्यक्ष संख्या – १
बरिष्ठ उपाध्यक्ष संख्या – १
उपाध्यक्ष संख्या – २ (१ जना महिलालाई प्राथमिकता)
महासचिव संख्या – १
कोषाध्यक्ष संख्या – १
सचिव संख्या – १
सहकोषाध्यक्ष संख्या – १
सदस्यहरु संख्या – १३

निर्वाचन समितिको हक, अधिकार र जिम्मेवारी

१. नयाँ कार्य समिति गठनको सम्पूर्ण जिम्मेवारी मगर संघ युकेको बिधान अनुसार निर्वाचन समितिलाई दिएको छ ।
२. निर्वाचन समितिले बिधान र सर्वमान्य मान्यताको सिद्धान्तको आधारमा निष्पक्ष, तटस्थ रही र धाँधलीरहित नयाँ कार्य समिति चयन गर्नेछ ।

३. संघको बिधान अनुसार कार्य समिति चयन गर्नको लागि आचारसंहिता तयार गर्ने (आवश्यक परे परिमार्जन गर्ने) र कार्यतालिका बनाउने (आवश्यक परे परिमार्जन गर्ने) अधिकार निर्वाचन समितिलाई रहनेछ ।

४. निर्वाचनसम्बन्धि जुनसुकै बिषयमा विवाद र अस्पष्टता भए/रहे निर्वाचन समितिको निर्णय नै अन्तिम हुनेछ ।

५. नयाँ कार्य समिति गठन भै बिधानत: सपथ लिएपछि निर्वाचन समिति जिम्मेवारी समाप्त हुनेछ ।

मतदानको लागि योग्यता

१. बिधानत: निम्न व्यक्तिहरुले मतदान गर्न पाउने छन्:

क. पेट्रोन (यदि मगर भए) – श्रीमान र श्रीमती दुवै ।

ख. भवन ट्रस्टी – श्रीमान र श्रीमती दुवै ।

ग. आजीवन सदस्य – श्रीमान र श्रीमती दुवै यदि दुवै आजीवन सदस्य भए । यदि एकजना मात्र आजीवन सदस्य भए आजीवन सदस्यले मात्र एउटा भोट दिन पाउनेछ । नोट: आजीवन सदस्य राष्ट्रिय महासभा (अर्थात् चुनाव) हुने मितिभन्दा ६ महिना अगाडि लिएको हुनु पर्नेछ ।

घ. हरेक शाखाबाट आएका ७ जना प्रतिनिधिहरु ।

२. मत स्वयम् व्यक्ति उपस्थित भएर तोकिएको समयभित्र दिनु पर्नेछ । प्रोक्सी (अरुले दिएको) मत कुनै प्रयोजनको लागि स्वीकार हुनेछैन ।

उम्मेदवारको लागि आवश्यक योग्यता

बिधानत: मगर संघ युकेको कार्य समितिमा उम्मेदवार दिनको लागि निम्न योग्यता आवश्यक पर्दछ:

१. अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदहरुमा उम्मेदवारी दिनको लागि ट्रष्टी सदस्य या आजीवन सदस्य हुनु पर्दछ ।

२. हरेक शाखाबाट सिफारिस भएर आएका ७ जना सदस्यहरुले पनि माथि उल्लेखित पदहरुमा उम्मेदवार दिन पाउनेछन् । तर त्यसरी उम्मेदवार दिने सदस्य भवन ट्रष्टी या आजीवन सदस्य नभएको खण्डमा उनीहरु निर्वाचित/छनौट भएको ६ महिनाभित्र सो हुनु पर्दछ ।

३. उम्मेदवार दिने व्यक्तिको आचरण असल हुनु जरूरी छ र विधानको च्याप्टर ३ मा उल्लेख गरिए बमोजिम हुनु पर्दछ ।

४. अध्यक्ष र महासचिव पदको लागि उम्मेदवारी दिने व्यक्ति अर्को कुनै संघ या संस्थाको सोहि पदमा रहेको हुनुहुँदैन । सो पदमा निर्वाचित/छनौट भएको व्यक्ति पछि अर्को संघ या संस्थाको सोहि पदमा रहेर काम गरेको पाएमा मगर संघको अध्यक्ष या महासविव पदबाट स्वत: पदमुक्त हुनेछ ।

उम्मेदवारी दर्ताको प्रकिया र उम्मेदवारको लागि आचारसंहिता

१. नयाँ कार्य समितिमा उम्मेदवार बन्न चाहने व्यक्तिले एकजना प्रस्तावक र एकजना समर्थकको हस्ताक्षरसहितको “उम्मेदवारी मनोनयन फारम” भर्नु पर्नेछ ।

२. उम्मेदवार दर्ता गर्नु अघि उम्मेदवारहरुले ‘उम्मेदवारी शुल्क” मगर संघ युकेको यस बैंक खातामा जम्मा गर्नु पर्नेछ: Account Name: Magar Association UK, Account Number: 02734002, Sort Code: 30-93-32 मा पदअनुसार निम्न रकम जम्मा गर्नु पर्नेछ:

अध्यक्ष पदको लागि – पाउण्ड ५००.००
बरिष्ठ उपाध्यक्ष्य पदको लागि – पाउण्ड ३००.००
उपाध्यक्ष पदको लागि – पाउण्ड २००.००
महासचिव पदको लागि – पाउण्ड १५०.००
कोषाध्यक्ष पदको लागि – पाउण्ड १००.००
सचिव पदको लागि – पाउण्ड १००.००
सहकोषाध्यक्ष पदको लागि – पाउण्ड १००.००
सदस्य पदको लागि- पाउण्ड ५०.००

३. उम्मेदवारले उम्मेदवारी फारमको साथमा “उम्मेदवारी शुल्क” तिरेको रसिद अनिवार्य समावेस गरि ईमेल या हुलाकमार्फत निर्वाचन समितिमा पठाउनु पर्नेछ । उम्मेदवारी शुल्क तिरेको प्रमाणित नभएसम्म उम्मेदवारी फारम दर्ता हुने छैन ।

४. उम्मेदवारहरुले समुह या प्यानल बनाएर समुहगत रुपमा मतको लागि आव्हान गर्न या प्रचारप्रसार गर्न पाउने छैन ।

५. निर्वाचन प्रचारप्रसारको क्रममा कसैलाई व्यक्तिगत गाली बेईज्जति गर्ने, डर-धम्कि दिने, अनावश्यक प्रचार सामग्री बनाउने, गलत सूचना प्रबाह गर्ने, सामाजिक संजालमार्फत गलत तथ्य देखाएर व्यक्तिलाई प्रभावित गर्ने या मिडियाबाट सचित्र प्रचारप्रसार गराउने कार्य पूर्ण रुपमा निषेध गरिएको छ ।

६. कुनै पनि उम्मेदवारको योग्यता विधानबमोजिम नपुगेको प्रमाणित भएमा निर्वाचन समितिले उम्मेदवारी रद्द गर्न सक्नेछ । उम्मेदवारी दर्ता भई सकेर उम्मेदवारी फिर्ता या रद्द भएको खण्डमा तिरी सकेको “उम्मेदवारी शुल्क” फिर्ता हुने छैन ।

७. निर्वाचन समितिले निर्धारण गरेको आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ ।

निर्वाचन कार्यतालिका

१. नयाँ कार्य समितिको गठन या निर्वाचन (गर्नु पर्ने अवस्था आएमा) निम्न कार्यतालिका अनुसार हुनेछ:

२.   निर्वाचन सम्बन्धि सम्पूर्ण जानकारी मगर संघ युकेको वेवसाईट https://www.magaruk.org/mauk-s8thnga मा प्रकाशन गरिनेछ ।

३.  उम्मेदवारी मनोनयन फारम र सम्बन्धित कागतपत्र, तथा मतदाता नामावली र उम्मेदवारी दाबी बिरोध निर्वाचन समितिको तल दिएको ईमेल या पोस्टल ठेगानामा तोकिएको समयसीमाभित्र रहि प्रमाण पुरयाई लिखित रुपमा गर्नु पर्नेछ:

ईमेल: maukelection.enquery@gmail.com

पोस्टल ठेगाना:

Secretary, Election Commission 2025,

Copthorn, Sandy Lane, Curridge, Thatcham, Berkshire, RG18 9DG

४.  निर्वाचनसम्बन्धि कुनै पनि बिषयको जानकारी लिनको लागि निर्वाचन समितिको पदाधिकारीहरुलाई फोन गर्न सकिनेछ ।

निर्वाचन समिति, आठौँ राष्ट्रिय महाधिवेशन

प्रमुख निर्बाचन आयुक्त: डा. प्रेम आले मगर – फोन: ०७५५ १९६ २१२२

सदस्य सचिव: श्रीमती जमुना गर्बुजा पुन मगर – फोन: ०७८४ ६१८ १६४५

सदस्य: श्रीमती हेमा राना मगर – फोन: ०७८८ ६८७ ८१००

सदस्य: श्री विजय थापा मगर – फोन: ०७८४ ६४० ७६७३

सदस्य: श्री हिक्मत सिं रोका मगर – फोन: ०७७३ ७३२ २८३४

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!