बाग्लुङ्गे समाज युकेको अध्यक्षमा खडक थापा सर्वसम्मत चयन

SHARE:

लन्डन २५ फेब्रुअरी २०२५ । बाग्लुङ्गे समाज युकेको अध्यक्षमा खडक थापा सर्वसम्मत चयन भएका छन् ।

शनिबार २२ फेब्रुअरीमा फानबोरोस्थित कम्युनिटी सभा हलमा भएको साधारणसभाबाट थापाको नेतृत्वमा २७ सदस्यीय सातौं कार्यसमितिको नामावली घोषणा गरिएको हो ।

  • अध्यक्ष : खड्क थापा
  • उपाध्यक्ष : गुमानसिङ थापा
  • महासचिव : जीत पुन
  • सचिव : राजु बोहरा
  • कोषाध्यक्ष : लक्षुमण पुन
  • सहकोषाध्यक्ष : जीत काउछा
  • महिला संयोजक : गोमा रिजाल
  • महिला सहसंयोजक : चन्द्रकला पुन
  • सांस्कृतिक सचिव : लक्षु राना
  • सांस्कृतिक सहसचिव : प्रेम छन्त्याल
  • सञ्चार सचिव : विशन थापा
  • सञ्चार सहसचिव : कृष्ण शर्मा
  • वेबमास्टर : नन्दलाल पुन
  • एसिस्टेन वेबमास्टर : रेशम खड्का
  • नौमती बाजा : भीम थापा
  • एसिस्टेन नौमती बाजा : तीर्थ शाही
  • युवा संयोजक : हरिसिङ थापा
  • खेलकुद संयोजक : नरेश सलामी
  • खेलकुद सहसंयोजक : पदम पुन
  • सदस्यहरु : आश पुन,सीता थापा, सुरेशकुमार घर्ती, रन गुरुङ, तारा पुन, नरमाया पुन,देवी पुन र कृष्ण शर्मा छन् ।

नवनिर्वाचित अध्यक्ष थापालगायत सम्पूर्ण पदाधिकारीहरुलाई निर्वाचन कमिटीले खादा र अबर लगाई सम्मान तथा स्वागत गरेलगत्तै निर्वाचन कमिटीकी अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष छविमाया पुनले पद तथा गोपनियताको शपथ गराएकी थिइन् । कार्यसमितिको कार्यकाल २०२८ सम्म हुनेछ ।

तीन सदस्यीय निर्वाचन कमिटीमा निर्वतमान अध्यक्ष तथा वर्तमान सल्लाहकार छवीमाया अध्यक्ष, सचिवमा कमल पौडेल र सदस्यमा पूर्वअध्यक्ष क्याप्टेन रिटार्यड धन कनवार रहेका थिए ।

दिउँसो करिब १ बजे सुरु भएको साधारणसभा अध्यक्ष धन बुढाथोकी र निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार छविमाया पुनले पानसमा दीप प्रज्वलन गर्दै उद्‍घाटन गरेकी थिइन् ।

अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको साधारणसभामा वरिष्ठ उपाध्यक्ष खडक थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम महासचिव सेर पुनले सञ्चालन गरेका थिए । साधारणसभामा महासचिव शेर पुन, कोषाध्यक्ष हिरा पुन र नौमती बाजा समूहका भिम थापा र मिडिया सेक्रेटरी बिशन थापाले आ-आफ्ना वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेलगत्तै सन् २०१६ मा तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै स्थापना गरिएको ईमर्जेन्सी रिलिफ फन्ड (ERF) लाई यथावत राख्ने वा बन्द गर्ने प्रस्ताव अध्यक्ष धन बु्ढाथोकी सभामा राखेका थिए । उक्त विषयमा व्यापक छलफल गरिएको थियो । जसमा ईआरएफ स्किमका योजनाकार, निवर्तमान कोषाध्यक्षहरु र केही प्रबुद्ध व्यक्तिहरुबाट आ-आफ्ना भनाइ राखेपछि अध्यक्ष बुढाथोकीले आजको मितिबाट उक्त फन्ड बन्द भएको घोषणा गरे । साथै ईआरएफमा आबद्ध सदस्यहरुको सदस्यता शुल्कबापतको ५० पाउन्ड समाजलाई नै दिने या फिर्ता लैजानेबारे सक्दो छिटो कोषाध्यक्षसँग सम्पर्क राख्ने उनले आग्रह गरे । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार ३ नोभेम्बर २०२३ राति गएको विनासकारी भूकम्पको सहयोगार्थ उठेको रकम १ हजार ३९९ पाउन्ड नेपाल सरकारको एकद्वार प्रणाली र अन्य विविध कारण वितरण गर्न नसकिरहेको अवस्थामा त्यही भूकम्पबाट प्रभावित अत्यन्तै न्यून आय भएका परिवारका बच्चालाई पढाइदिने निर्णय भएअनुसार एकजाना नानीलाई १ कक्षासम्म पढाइदिने कार्यको सुरुआत भएको पनि उनले जानकारी गराए ।

सभामा विधान प्रमुख तथा संस्थाका सल्लाहकार क्याप्टेन रिटार्यड राम पुनले समाजको विधानसम्बन्धी छलफल गराउँदै ईआरएफ खारेजीले गर्दा केही संशोधन हुने जानकारी दिए । त्यसपछि अध्यक्ष धन बुढाथोकीले आफ्नो अन्तिम भनाइ राख्दै ३ वर्षे कार्यकालमा समाजलाई सरल, सुशील र मितव्ययी रूपमा अगाडि बढाउनमा आफू र कार्यसिमितलाई पुर्‍याउने सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सल्लाहकार, सदस्यहरु साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउने सम्पूर्णलाई धन्यवाद दिए ।

खुलासत्रको अवधिमा समाजका लागि अतुलनीय योगदान पुऱ्याउने पूर्वअध्यक्ष छवि पुन, नौमती बाजा कोओर्डिनेटर भिम थापा र हिरा पार्टेललाई समाजको तर्फबाट पूर्वअध्यक्षहरु दिपक काउछा र धन कनवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा पूर्वअध्यक्ष तथा निर्वाचन कमिटीका अध्यक्ष छवी पुनले संस्थापक अध्यक्ष राजेन मल्ल जो विशेष कारण उपस्थित नभएकाले उनकी श्रीमती सुशीला मल्ल, पूर्वअध्यक्ष दिपक काउछा, पूर्वअध्यक्ष क्याप्टेन रिटायर्ड धन कनवार, पूर्वअध्यक्ष क्याप्टेन रिटायर्ड राम पुन र हालसालै निवर्तमान अध्यक्ष भएका धन बुढाथोकीलाई लालीगुराँस अंकित फेटा लगाईदियर सम्मान गरेकी थिइन् । सभामा ७० जनाभन्दा बढीको उपस्थिति थियो ।

 

तस्बिरहरु : बाग्लुङ्गे समाज युकेको अफिसयल फेज

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!