सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा

SHARE:


लन्डन २५ फेब्रुअरी २०२५ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार सन् २०२७ सम्ममा रक्षा खर्च अर्थतन्त्रको दुई दशमलव पाँच प्रतिशत पुर्‍याउने र आगामी संसद्मा यसलाई तीन प्रतिशतसम्म बढाउने लक्ष्य राखेको प्रतिबद्धता जनाएका छन् ।

बिहीबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको युक्रेनबारे महत्त्वपूर्ण वार्ताअघि स्टार्मरले संसद्लाई यो वृद्धि अर्थतन्त्रको शून्य दशमलव पाँच प्रतिशतबाट शून्य दशमलव तीन प्रतिशतमा विदेशी विकास सहायता कटौती गरेर वित्त पोषण गरिने बताए । ट्रम्पले नाटो सहयोगीहरूलाई आर्थिक उत्पादनको पाँच प्रतिशतसम्म रक्षा खर्च लक्ष्य दोब्बर बनाउन माग गरेका छन् ।

बेलायतले सन् २०२३/२४ मा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई दशमलव तीन प्रतिशत रक्षामा खर्च गरेको थियो । स्टार्मरको लेबर सरकारले पहिले नै रक्षा खर्च दुई दशमलव पाँच प्रतिशतसम्म बढाउने प्रतिबद्धता जनाएको थियो तर समयसीमा तोकेको थिएन । उनले सांसदहरूलाई केही ‘कठिन विकल्पहरू’ हुने तर यो ‘शीत युद्धको अन्त्यपछि रक्षामा सबैभन्दा ठूलो निरन्तर वृद्धि’ हुने बताए ।

ट्रम्पले युरोपेली राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च बढाउन बारम्बार आह्वान गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!