अध्यक्ष ज्ञानेन्द्र पुनलाई पुन मगर समाज युकेद्वारा स्वागत

SHARE:

 

बेलायत। शुक्रवार ७ मार्च २०२५ का दिन पुन मगर समाज युकेले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनलाई स्वागत गरेको छ। स्वागत कार्यक्रम बेलायतको फार्नबोरोस्थित मगर भवनमा सम्पन्न भएको छ।

स्वागत कार्यक्रममा बेलायत भ्रमणमा रहेकी नेपाल मगर संघ केन्द्रिय समन्वय समितिका सचिब तथा पुन मगर समाज काठमान्डौका उपाध्यक्ष बुद्धि माया पुन मगर र उनकी सुपुत्री सुश्री पुर्णिमा श्रीस मगरलाई पनि स्वागत गरिएको छ।

कार्यक्रमा पुन समाज युकेका पुर्ब अध्यक्ष तेज राम्जाली पुन मगरले संस्थाको बारेमा जानकारी दिएका थिए भने अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल मगर संघ, पुन समाज नेपाल र पुन मगर समाज नेपालको वारेमा महत्वपूर्ण जानकारीहरु अबगत गराएका छन ।

कार्यक्रममा उपस्थित रहेका मनोज पुन, तुल चन्द्र पुन, तेज राम्जाली पुन, क्याप्टेन कृष्ण पुन, गिनिस बुक रेकर्ड होल्डर हरि बुढा मगर एमबिइ लगायतले पुन समाज नेपाल र पुन मगर समाज नेपाल को वारेमा राखेको जिज्ञासाको वारेमा अध्यक्ष पुनले सहजीकरण गरेका थिए।

पुन मगर समाज युकेका अध्यक्ष बल पुन मगरले अध्यक्षता गरेको स्वागत कार्यक्रमलाई संस्थाका महासचिब तुलचन्द्र पुन मगरले संचालन गरेका थिए भने अध्यक्ष पुन मगरले स्वागत मन्तब्य राख्दै उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिएका थिए।

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष सिता पुन मगर पुर्वअध्यक्ष दुत पुन मगर, उपाध्यक्ष होम रोका मगर, ट्रष्टी तथा सल्लाहकार क्याप्टेन राम पुन मगर, सल्लाहकार क्याप्टेन कृष्ण पुन मगरलगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!