बेलायतमा २५ मेमा गोर्खा कप हुँदै,टिम दर्ता र स्टल बुकिङ खुला

SHARE:

अल्डरसट १० अप्रिल २०२५ । बेलायतमा तमुधीं यूकेले आयोजना गर्ने चर्चित फुटबल प्रतियोगिता गोर्खाकप २०२५ आगामी मे २५ तारिखमा हुँदै छ ।

प्रतियोगिताका लागि टिम इन्ट्री र स्टलको बुकिङ खुला भइसकेको जानकारी दिएको छ । आइतबार दिउँसो १२ बजेदेखि बुकिङ खुलाएको हो । विगतझैँ यस वर्ष गोर्खा कपमा आकर्षण देखिएको छ । पहिलो दिन नै फुडको स्टल प्याक भइसकेको छ । मर्गेज, कपडालगायतको मात्र बाँकी रहेको तमु धींले जनाएको छ ।

यसैगरी, भेट्रान टिमतर्फ पहिलो दिन नै १२ वटा टिम दर्ता भएका छन् । मेन टिमतर्फ २० वटा दर्ता भएका छन् । गोर्खा कपका लागि यहाँबाट टिम तथा स्टल बुकिङ गर्न सकिनेछ ।
मुख्य विधाका विजेताले ३ हजार पाउन्ड र फस्ट रनरअपले १ हजार ८ सय पाउन्ड पुरस्कार पाउने छन् ।

उक्त प्रतियोगिताका लागि ६ अप्रिलमा टिम दर्ता र स्टल बुकिङ खुलाइसकेको छ । टिम दर्ताका लागि कुमार घले र ट्रेडिङ तथा स्टल दर्ताका लागि उपाध्यक्ष दिलमाया गुरुङलाई जिम्मेवारी दिइएको छ ।

यस्तै भेट्रानका विजेताले १ हजार ५ सय र फस्ट रनरअपले १ हजार पाउन्ड जित्ने छन् भने महिला तर्फका विजेताले ६ सय पाउन्ड र फस्ट रनरअपले ४ सय पाउन्ड पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस्तै बैठकमा अध्यक्ष जुमकाजी गुरुङले हालै तमुधीं यूकेले नेपाल भ्रमणका क्रममा गरेका कार्य र सहभागिताका विषयमा संक्षिप्त रुपमा स्लाइड शोमार्फत जानकारी गराएका थिए । अध्यक्ष गुरुङले बैठकमा सहभागीलाई धन्यवादसहित समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!