लन्डन २३ अप्रिल २०२५ । तमुधीं यूकेले आगामी २५ मेमा हुने गोर्खा कप तयारीलगायत विषयमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
मिचेट क्याम्बर्लीमा शनिबार १७ मे २०२५ दिउँसो १ बजे पत्रकार सम्मेलन हुने तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा उपस्थित भइ बेलायतकै प्रसिद्ध गोर्खा कपको समाचार सम्प्रेषण गरिदिन यहाँका सबै प्रकारका सञ्चारमाध्यमलाई अपिल गरेका छन् ।
गोर्खा कपको तयार धमाधम भइरहेको खेलकुद सचिव क्या दिपक घलेले बताएका छन् । उनको टिममा ओआईसी हिरा गुरुङ, एसिस्टेन ओवाईसी कुमार घले छन् ।
तमुधीं यूकेको वार्षिक हुने ठूलो कार्यक्रममध्ये एक गोर्खा कप २५ मेको बिहान ८ देखि राति ८ बजेसम्म तोकिएको छ । खेल क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्ड अल्डरसट ह्याम्पसायरमा हुनेछ । प्रतियोगितामा गोर्खा कप मुख्य टिम, भेट्रान टिम, महिला टिम खेलाइनेछ । मुख्य विधाका विजेताले ३ हजार पाउन्ड र फस्ट रनरअपले १ हजार ८ सय पाउन्ड पुरस्कार पाउने छन् ।
यस्तै भेट्रानका विजेताले १ हजार ५ सय र फस्ट रनरअपले १ हजार पाउन्ड जित्ने छन् भने महिला तर्फका विजेताले ६ सय पाउन्ड र फस्ट रनरअपले ४ सय पाउन्ड पुरस्कार पाउने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताका लागि ६ अप्रिलमा टिम दर्ता र स्टल बुकिङ खुलाइएको थियो ।






