मोना युकेले शनिबार २६ अप्रिलमा लोकप्रिय कलाकारको साथमा ‘शुभकामना साँझ’ गर्दै

SHARE:

लन्डन २४ अप्रिल २०२५। म्याग्दी अर्गनाइजेसन युके (मोना युके)को आयोजनामा शनिबार २६ अप्रिल २०२५ मा ‘शुभकामना साँझ’हुँदैछ ।

नेपालका लोक तथा दोहोरी कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुतिसहित नयाँ वर्ष विक्रम संवत् २०८२ को अवसरमा शुभकामना साँझ हुन लागेको हो । कार्यक्रम बेलायतको फार्नबोरोस्थित स्याम्युल कोडी स्पोर्ट्स कलेजमा हुने मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरले जानकारी दिएका छन् ।

कार्यक्रममा गायिका आस्मा छन्त्याल, डान्सर तथा मोडल मिलन थापा मगर, डान्सर यशोदा रोका मगर र लोकप्रिय लोक तथा पप गायक गगन पुनमगरलाई आमन्त्रण गरिएको छ । साथमा धौलागिरि नौमती बाजा, पुर्ख्यौली नृत्य, थाली नृत्यलगायत स्थानीय कलाकाहरुको प्रस्तुति रहनेछ ।

कार्यक्रम मध्याह्न १२ देखि राति १० बजेसम्म तय गरिएको छ ।

शुभकामना साँझमा प्रवेश शुल्क बयस्कका लागि जनही २० पाउन्ड, ६ देखि माथि १२ वर्षसम्मका बालबालिका र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुका लागि मात्र १५ पाउन्ड रहेको संस्थाका महासचिव मन्दिप जुग्जालीले जानकारी दिए ।

जन्मथलो म्याग्दीको मौलिक कला, संस्कृतिको प्रवर्द्धधन र म्याग्देलीहरुबीचमा एकता कायम गर्न कार्यक्रम गर्न लागिएको अध्यक्ष गर्बुजा मगरले बताए । म्याग्दीबाट युरोप र बेलायतमा बसोबास गर्ने सबै म्याग्दीलीलाई आ–आफ्नो परिवार लिएर उक्त मोना युके शुभकामना साँझमा सहभागी भइदिन अध्यक्ष गर्बुजा मगरले आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!