१६औं यलम्बरहाङ कपमा ३२ टिमको प्रतिस्पर्धा

SHARE:

लन्डन २५ अप्रिल २०२५ । यही शनिबार २६ अप्रिलमा बेलायतमा हुने प्रसिद्ध यलबरहाङ कप फुटबल प्रतियोगितामा ३२ टिम प्रतिस्पर्धा हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङ युकेले बर्सेनि आयोजना गर्दै आएको प्रतियोगितामा जम्मा तीन समूह मेन, भेटेरेन र सुपर भेटेरेन गरी ३२ टीमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । खेल चुम्लुङ्देन मेडेस्टोनमा हुने छ ।

प्रतियोगिता लागि आयोजकले अल्डरसट्को ओजन रेस्तुरेन्टमा टीम ड्र गराएको छ । टिम ड्रका लागि अध्यक्ष कमला सेन्दाङ लिम्बु टुर्नामेन्ट संयोजक उपाध्यक्षद्वय सन्त हुक्पा चोङ्बाङ दिपेन्द्र याक्सो सचिव महेश वनेम पूर्वमहासचिव जुरेन्द्र खजुम खटिएका थिए । टिम ड्र पारदर्शिताका लागि चुम्लुङ वेबसाइड र एभरेस्ट टाइम्सबाट फेसबुक लाइफ गरिएको थियो ।

टिम ड्र का लागि खटिनुभएका कार्यसमिति र जुम भर्च्युलमा उपस्थित महानुभावहरुलाई धन्यबाद दिँदै यलम्बरहाङ कप खेल मैदानमा भेट्ने वाचा गर्दै अध्यक्ष कमला लिम्बुले टीम ड्र कार्यक्रमको समापन गर्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!