
लन्डन २५ अप्रिल २०२५। नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आगामी मे २४ मा ‘नेफिन च्यारिटी डिनर नाइट’गर्ने भएको छ ।
संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यता र विभिन्न जातीय संगठनहरुका प्रमुख तथा प्रतिनिधि र विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा अल्डरसटस्थित डिलाउन्ज रेस्टुरेन्टमा च्यारिटी डिनर नाइट गर्ने तय भएकव महासचिव फ्रम दुराले जानकारी दिएका छन् । कार्यक्रम अपराह्न ४ बजे सुरु हुनेछ ।
कार्यक्रमको सहआयोजकहरुमा आदिवासी जनजाति महिला महासंघ बेलायत, आदिवासी जनजाति युवा महासंघ बेलायत, आदिवासी जनजाति पत्रकार महासंघ बेलायत र नेपाल मूलवासी एकता रहेका छन् ।
कार्यक्रम संयोजकमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका सचिव मेजर ईन्द्रप्रसाद राई र सहसंयोजकमा सांस्कृतिक सचिव तथा किरात सुनुवार वेल्फेयर समाजका अध्यक्ष आकाश सुनुवार रहेका छन् ।
यस्तै नेफिन यूकेले १५०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस किरात हाउसमा ग्याम्बलेनमा विभिन्न कार्यक्रमसहित अगस्ट ९/१० मा मनाउने तयारी रहेको महासचिव दुराले बताए ।






