एफसी केन्टले जित्यो १६ औं यलम्बरहाङ कप

SHARE:

  • नगेन्द्र नेम्बाङ

लन्डन २७ अप्रिल २०२५। १६ औं यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि एफसी केन्टले जितेको छ ।

किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा शनिबार २६ अप्रिल २०२५ मा चुम्लुङ्देन मेडेस्टोनमा भएको प्रतियोगितामा फार्नबोरो इलाइटलाई १-० गोलले पराजित गर्दै एफसी केन्टले उपाधि हात पारेको हो । मेन टिममा एफसी केवाईसी थोरक शाखाबाट कल्याण राईले अत्यधिक स्कोर बनाए भने फार्नबोरो इलाइटका नरमान गुरुङ उत्कृष्ट खेलाडी छानिए । विजेता टिमलाई यलम्बरहाङ कप, एक हजार पाउन्ड नगद र इन्डिभिजुअल ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगितामा मेन टिम,भेटेरेन र सुपर भेटेरेन समूहबीच प्रतिस्पर्धा भएको थियो । सुपर भेटेरेनतर्फ इलाम एफसी विजेता र मेडेस्टोन गोर्खा एफसी उपविजेता भए । उक्त समूहमा इलाम एफसीका टप स्कोरर सुजित थापा र उत्कृष्ट खेलाडी लेखराज राई बने ।

भेटेरेन समूहमा धरान ११ विजेता र केवाईसी यूके वारविकसायर शाखा उपविजेता बने । त्यसमा अत्यधिक गोल इमानुलले गरे भने उत्कृष्ट खेलाडी निराजन खड्का घोषित भए । तीन समूहमा गरी प्रतियोगितामा जम्मा ३२ टिमले भाग लिएका थिए ।

कार्यक्रममा प्रमुख अथिति पूर्वमन्त्री बिजयप्रकाश थेबेलाई लिम्बुहरुको लोकप्रिय च्याब्रुङ नृत्य प्रदर्शन गरी स्वागत गरेका थिए । प्रतियोगितालाई संस्थाका अध्यक्ष कमला लिम्बु र प्रमुख अथिति थेबेले सामूहिक रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिति थेबे र विशेष अथिति राईले चुम्लुङ यूकेले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगिताले खेलाडीहरुलाई प्रोत्साहन मिल्ने, शारीरिक, मानसिक रुपमा स्वास्थ्यलाभ, खेलकुद क्षेत्र विकास हुने चुम्लुङ यूकेको कार्यप्रति धन्यवादसहित शुभकामना मन्तव्य राखेका थिए ।

कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा विशेष अथिति नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर रिटायर्ड योगेश राई, अथितिहरु पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बु, संघीय लोकतान्त्रिक सामाजिक मन्च यूकेकी अध्यक्ष शर्मिला याक्सो, समाजसेवी नरकुमारी लिम्बु,लेफ्टिनेन्ट रिटायर्ड ईश्वर आङ्बुहाङ, डा . बिना थेबे , पहिचान मोर्चा यूकेका संयोजक देवी तुम्बाहाङ्फे, गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष झलक थापा, मगर संघ यूकेकी निवर्तमान अध्यक्ष सिता पुन, नेपाल पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष बिमला सेने लिम्बु, समाजसेवी एवं साहित्यकार एकेन्द्र गुरुङ, तमुधीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, सुनुवार समाज यूकेका अध्यक्ष अकाश सुनुवार, एनआरएनए आईसीसी सदस्य लिला सेलिङ माबो, सेवारो कलाकार संघ यूकेकी अध्यक्ष इन्द्र पङ्धाक इस्पो, थामेन्दिङमा चुम्लुङ यूकेकी अध्यक्ष मनमाया नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता औपचारिक कार्यक्रम सन्चालन महासचिव विश्वासदीप तिगेला र सचिव महेश वनेमले सन्चालन गरेका थिए भने प्रतियोगिता सन्चालन उपाध्यक्ष दिपेन्द्र याक्सो, निवर्तमान अध्यक्ष नरबिर आङ्बो, भगिरथ जबेगु, जीवन प्यारा, सहकोषाध्यक्ष देउमान पङ्धाकले सन्चालन गरेका थिए । अथिति सत्कारमा उपाध्यक्ष सानुसुब्बा, सहसचिव सकुन नेम्बाङ, सदस्य दीपा लिम्बु खटिएका थिए ।

अध्यक्ष कमला लिम्बुले अथिति, उपस्थित सम्पूर्ण खेलाडी,दर्शक, प्रतियोगिता सन्चालनमा खटिएका भोलेन्टियर्स कार्यसमिति सबैलाई धन्यवाद, विजेता टिमहरुलाई बधाइ प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!