गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान सर्वसम्मत चयन

SHARE:

लन्डन २७ अप्रिल २०२५ । गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबार, २६ अप्रिल २०२५ मा आशफोर्डस्थित सगरमाथा गोर्खा/नेपाली कम्युनिटी हलमा सम्पन्न १७औँ वार्षिक साधारणसभा तथा ९औं अधिवेशनले गुरुङलाई अध्यक्ष पदमा चयन गरेको हो ।

यसअघि उनी गुरुङ सोसाइटी केन्ट युकेको प्रथम उपाध्यक्षको रूपमा जिम्मेवारी लिएका थिए । लामो समयदेखि समाजमा सक्रिय रहँदै आएका गुरुङलाई सदस्यहरूले पूर्ण विश्वासका साथ नेतृत्व सुम्पिएका हुन् । यसअघि गुरुङ सोसाइटी केन्ट यूकेलाई ८ जना अध्यक्षहरूले नेतृत्व गरिसकेका छन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ममता गुरुङ, द्वितीय उपाध्यक्षमा तोरण गुरुङ, महासचिवमा पवित्र गुरुङ, सचिवमा वसन्त गुरुङ, सहसचिवमा कुमार गुरुङ, कोषाध्यक्षमा मानबहादुर गुरुङ, सहकोषाध्यक्षमा सन्तोष गुरुङ, सांस्कृतिक संयोजकमा उमादेवी गुरुङ, सांस्कृतिक सहसंयोजकमा निर्मला गुरुङ, महिला संयोजकमा इशु गुरुङ, महिला सहसंयोजकमा हीरा गुरुङ, मिडिया तथा वेबसाइट संयोजकमा होम गुरुङ, सहायक मिडिया तथा वेबमास्टरमा रोशन गुरुङ, खेलकुद संयोजकमा सन्तोष गुरुङ, खाना तथा जलपान व्यवस्थापकमा नरेन्द्र गुरुङ र विकास (बिनु) गुरुङ, ज्येष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ र युवा संयोजकमा सुश्री प्रेरणा गुरुङ चयन भएका छन् । रिक्त पदहरूमा नवगठित कार्यसमितिले मनोनयन गर्ने छ।

वार्षिक साधारणसभाको पहिलो चरणमा कोषाध्यक्ष भिष्मा गुरुङले समाजको आर्थिक प्रतिवेदन, कार्यसमितिका पदाधिकरीहरूले आ-आफ्नो प्रतिवेदन र महासचिव तोरण गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रमको अन्त्यमा नवनिर्वाचित कार्यसमितिका सदस्यहरूले नयाँ जिम्मेवारीको शपथ लिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!