लन्डन २७ अप्रिल २०२५ । सेवारो कलाकार संघ युकेले आगामी १० मे मा लिम्बु समुदायहरुको मौलिक पर्व यक्वा तङनाम मनाउने भएको छ ।
२७ अप्रिलमा मेसेन्जर ग्रुपमा बसेको कोओर्डिनेटर बैठकले मे १० तारिखमा ग्रेजमा यक्का तङनाम मनाउने निर्णय गरेको हो । कार्यक्रम सफल पार्न बैठकले कार्यसमितिलाई कार्य विभाजन गरेको महासचिव माक्सती ओख्रबुले जानकारी दिए ।
तङनाम पहिलो चरणमा पूजा आराधना औपचारिक कार्यक्रमपछि मनोरन्जानत्मक कार्यक्रमहरु केलाङ (च्याब्रुङ नृत्य), यालाङ (धाननाच) हुने बैठकले प्रस्ताव पारित गरेको छ ।
इन्दु पङ्धाक लिम्बुको अध्यक्षतामा सम्पन्न बैठक महासचिव ओख्रबुले सन्चालन गरेका थिए ।






