बेलायत र नेपालका प्रधानन्यायाधीशबीच भेटवार्ता

SHARE:

लन्डन ३० अप्रिल २०२५ । संयुक्त अधिराज्य (बेलायत)को सर्वोच्च अदालतका प्रधानन्यायाधीश लर्ड रिड र नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिङ राउतबीच मंगलबार औपचारिक भेटवार्ता सम्पन्न भएको छ ।

यूकेको सुप्रिम कोर्टमा भएको भेटका अवसरमा दुई देशका न्यायिक प्रणाली र न्यायिक अभ्यासका सम्बन्धमा अनुभवहरुको आदानप्रदान गर्नुका साथै दुवै देशका सर्वोच्च अदालतबीच आगामी दिनमा सद्भाव र सहयोगका लागि एक्सचेन्ज अफ गुडविल लेटर आदानप्रदान भएको छ । भेटमा प्रधानन्याधीश राउतको भ्रमण दलका सदस्यहरु सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयाल, रजिस्ट्रार बिमल पौडेल, विशेष अदालतका सदस्य रितेन्द्र थापा र हेमन्त रावलको उपस्थिति रहेको थियो ।

मंगलबार नै प्रधानन्यायाधीश राउतबाट बेलायतका हाउस अफ कमन्सका सभामुख, रोयल कोट अफ जस्टिसका लेडी चिफ जस्टिस, कमर्सियल कोट लर्ड जस्टिस नोवेल सोलिसिटर जेनेरलका साथै प्रोफेसर जेम्स लि र बेलायत सरकारका स्पेसल इन्भोयसँग छुट्टाछुट्टै भेटवार्ता सम्पन्न भएको सहभागीले जनाए ।

सबै भेटहरुमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमेरे र ब्यारिस्ट्रर मार्क हिल किङ्स काउन्सिल (केसी) को पनि उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!