पाँचथर समाज सेवा यूकेद्वारा आयोजित १२औं पाँचथर कप बीवाईएनसीलाई

SHARE:

नगेन्द्रराज नेम्बाङ
लन्डन ४ मे २०२५ । पाँचथर समाज सेवा यूकेद्वारा आयोजित १२औं पाँचथर कप बीवाईएनसीले जितेको छ ।

लन्डनको हन्स्लोस्थित क्रानफोर्ड कम्युनिटी स्पोर्ट्स कलेज सेन्टरमा शनिबार ३ मेमा भएको पाँचथर कप नाइन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेलमा क्यूजी सिग्नल्सलाई ०-१ गोलले पराजित गर्दै बीवाईएनसीले उपाधि हात पारेको हो । उक्त मेन टिममा बीवाईएनसीका राहुल लिम्बुले अत्यधिक स्कोर गरे भने रोनाल्ड राई उत्कृष्ट खेलाडी घोषित भए । विजय टिमले पाँचथर कप, १२०० सय पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्राप्त गर्‍यो ।

उक्त प्रतियोगितामा तीन समूहमा गरी ३३ टिमले भाग लिएका थिए । मेन टिम,भेटेरेन र सुपर भेटेरेन टिम। सुपर भेटेरेन समूहमा इलाम एफसीलाई १-० गोल गरी स्यान्डहर्स्ट एफसी विजयी बन्यो । टप स्कोरर इलाम एफसी टिमबाट विशाल राई भए भने उत्कृस्ट खेलाडी हेमकर्ण राई बने ।

भेटेरेन समूहमा इलाम एफसीलाई २-१ गोल गरी धरान-११ ले विजयी हासिल गर्‍यो । टप स्कोरर धरान-११ कै सुवर्ण लिम्बुले बने भने उत्कृष्ट खेलाडी पनि सोही टिमबाट खेम पुन घोषित भए ।

तीनै समूहका विजय टीमलाई कप, नगद र इन्डिभिजल ट्रफी पुरस्कार प्रदान गरिएको थियो । उपविजेताहरुले नगद र इन्डिभिजल ट्रफी प्राप्त गरे । मुख्य टिमका विजेताले ट्रफी र १२ सय पाउन्ड, रनरअपले ट्रफी र ६ सय पाउन्ड पुरस्कार पाए । भेट्रानका विजेताले ट्रफी र ८ सय पाउन्ड, रनरअपले ट्रफी र ५ सय पाउन्ड, सुपर भेट्रानका विजेता र रनरअपले क्रमश: ट्रफीसहित ६ सय र ४ सय पाउन्ड पुरस्कार पाएको आयोजकले जनाएको छ ।

मेन टीम अत्यधिक स्कोररको पुरस्कार संस्थापक महासचिव स्व. प्रेमप्रकाश नेम्बाङको सम्मान र सम्झनामा संस्थाबाट नै प्रदान गरिँदै आएको अध्यक्ष शान्तिले प्रस्ट पारिन् ।

खेलकुद प्रतियोगिता प्रमुख अथिति मोहन नेम्बाङ र पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बुले संयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अथिति मोहन नेम्बाङले उपस्थित खेलाडी, खेलप्रेमीलगायतलाई धन्यवाद दिँदै पाँचथर समाज सेवा यूकेलाई आउँदो वर्षहरुमा पनि यसरी कार्यक्रम गर्ने उत्प्रेरणा मिलोस् भन्ने शुभकामना दिए ।

अध्यक्ष शान्ति लिम्बूको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष मेजर रिटायर्ड योगेश राई, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला लिम्बु, समाजसेवी नरकुमारी लिम्बु, किरात राई यायोक्खा यूकेकी अध्यक्ष आशा राई, गोर्खा मिडियाका प्रबन्धक निर्देशक मिलन तमु गुरुङ, सुनुवार समाज सेवा यूकेका अध्यक्ष आकाश सुनुवार, संघीय लोकतन्त्र सामाजिक मन्च यूकेकी अध्यक्ष शर्मिला याक्सो, वोकिङ गोर्खा भेटेरेन कम्युनिटीका अध्यक्ष लेफ्टिनेन्ट रिटायर्ड इस्वोर आङ्बुहाङ,एभरेस्ट गोर्खा सर्भिसका प्रोपाइटर गोकर्ण चोङ्बाङ, लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेन, मगर संघ यूकेका युवा संयोजक दिपक थापा मगर,विश्व नेपाली साहित्य महासंघ बेलायतबाट लालसुन्दर राई, खोटाङ समाज सेवा यूकेका उपाध्यक्ष राजन धन राई, इलाम सोसाइटी यूकेका अध्यक्ष टेकबिर राईलगायतको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम महासचिव लाहाङ चेम्जोङले सन्चालन गरेका थिए भने प्रतियोगिता सन्चालन भगिरथ जबेगु,कोषाध्यक्ष शिखर लिम्बु र कोअर्डिनेटर प्रताप तामाङ, सन्देश नेम्बाङले गरेका थिए।

संस्थाकी अध्यक्ष शान्ति लिम्बु र प्रतियोगिता संयोजक प्रताप तामाङले उपस्थित सम्पूर्ण अथितिहरु, खेलाडी, दर्शक, प्रतियोगिता सन्चालनमा खटिएका कार्यसमिति, अफिसियल, पुरस्कार प्रायोजकलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!